Suvadin, Home

यूटिएल कम्पनीसँग भएको सम्झौता रद्द

बिहीबार मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले समयमा काम नगरेको भन्दै युटिएलसँग भएको दुई अर्ब १ करोड रुपैयाँको सम्झौता रद्द गरेर गण्डकी र प्रदेश पाँचमा अप्टिकल फाइवर बिच्छाउने जिम्मा नेपाल टेलिकमलाई दिएको जानकारी दिए। 
सांकेतिक तस्विर

काठमाडौं, ९ फागुन – गण्डकी प्रदेश र पाँच नम्बर प्रदेशका जिल्लामा अप्टिकल फाइबर बिच्छाउनको लागि यूटिएल कम्पनीसँग भएको सम्झौता रद्द भएको छ।

बिहीबार मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले समयमा काम नगरेको भन्दै युटिएलसँग भएको दुई अर्ब १ करोड रुपैयाँको सम्झौता रद्द गरेर गण्डकी र प्रदेश पाँचमा अप्टिकल फाइवर बिच्छाउने जिम्मा नेपाल टेलिकमलाई दिएको जानकारी दिए। 

यस्तै सरकारले ३ वटा मेडिकल कलेज स्थापनाका लागि दरबन्दी र अस्थायी कार्यालय स्थापना गर्ने निर्णय गरेको छ।

मन्त्रीपरिषद्को बैठकले महोत्तरीको बर्दिवास, रुपन्देहीको बुटवल र सुर्खेतमा सरकारी मेडिकल कलेज स्थापना गर्न ९ जनाको दरबन्दी कायम गर्ने र अहिलेलाई १० करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए।

यस्तै कोशी अञ्चल अस्पताल मोरङ, नारायणी उपक्षेत्रीय अस्पताल विरगंज, भरतपुर अस्पताल चितवन, भेरी अञ्चल अस्पताल नेपालगञ्ज र डडेल्धुरा उपक्षेत्रीय अस्पताललाई संघीय सरकार माताहत ल्याएर विशेषज्ञ सेवा सहितको अस्पताल बनाउने पनि सरकारले निर्णय गरेको छ।


 

More form the Internet

loading...