Suvadin, Home

तस्करीको पाँच केजी सुनसहित रसुवागढीबाट एक व्यक्ति पक्राउ 

रसुवा, पुस ६ 

नेपालको उत्तरी नाका रसुवागढीबाट अवैध रुपमा ल्याइएको पाँच किलोग्राम सुनसहित बुधबार बिहान रसुवा गत्लाङ-२ का २८ वर्षीय वीरेन लामालाई प्रहरीले प्रकाऊ गरेको छ । 

प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार केरुङबाट नेपाल आएको बा.२८ प. ७४५४ नंको मोटरसाइकल रसुवागढीमा जाँच गर्दा मोटरसाइकलको फिल्टरमा लुकाएर ल्याएको उक्त परिमाणको सुनसहित उनलाई पक्राउ गरिएको हो।

बरामद सुनको बजार मूल्य २ करोड २३ लाख ६० हजार छ। तामाङका साथबाट दुई वटा मोबाइल, नेपाल चीन सीमा क्षेत्रका बासिन्दाका लागि उपलब्ध गराइएको केरुङ जाने अनुमतिपत्र र ९ हजार पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।  रासस 


 

More form the Internet

loading...