Suvadin, Home

डडेलधुरा पुगेर डा. केसीले गरे अनसनको संकेत

डा. गोविन्द केसीले अवको अनसन सुदूरपश्चिममा गर्ने संकेत देखाएका छन् । चिकत्सा शिक्षा सुधारको माग गर्दै लामो सयमदेखि संघर्षरत डा. केसीले डडेल्धुरा अस्पतालको सुधारका लागि अनसन बस्‍ने संकेत गरेका हुन् । 

डडेल्धुरा । डा. गोविन्द केसीले अवको अनसन सुदूरपश्चिममा गर्ने संकेत देखाएका छन् । चिकत्सा शिक्षा सुधारको माग गर्दै लामो सयमदेखि संघर्षरत डा. केसीले डडेल्धुरा अस्पतालको सुधारका लागि अनसन बस्‍ने संकेत गरेका हुन् । 

जनप्रतिनिधिहरूको वेवास्ताका कारण डडेलधुरा अस्पताल अस्तव्यस्त बनेको भन्दै उनले त्यस्तो संकेत गरेका हुन् । चिकित्सा शिक्षा सुधारको माग गर्दै १६ औं पटक सत्याग्रह गरिसकेका केसीले आफ्नो सुदूरपश्चिम भ्रमणका क्रममा बुधबार डडेल्धुरामा यस्तो बताएका छन् ।

शुक्रबार नागरिक समाज डडेल्धुरासँग भेटघाट गर्ने क्रममा उनले भने, डडेल्धुरा अस्पताल डडेलधुराको मात्र नभई सुदूरपश्चिमका पहाडी जिल्लाको पायक पर्ने अस्पताल हो । जहाँ साधन छ जनशक्ति छैन, श्रोतको अभाव छ, चिकित्सक साथीहरूलाई निडर भएर काम गर्ने बाताबरण छैन जसको सम्पूर्ण जिममेवारी स्थानीय जनप्रतिनिधि र प्रशासनको हुनु पर्ने हो ।

स्वास्थ्य उपचार सेवा गुणस्तरिय हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै अस्पताल भर पर्दो सेवाको केन्द्र बनाउन आवश्यक व्यवस्थापन गर्न सरकारसँग माग राख्दै डा. केसीले भने 'एकातिर चिकित्सकलगायत स्वास्थ्यकर्मीहरूलाई आकर्षण छैन् भने अर्कोतिर सुरक्षा छैन् । यस्तो वातावरणमा कसरी काम गरिरहनु भएको छ भन्ने आश्चार्य मलाई लागेको छ ।'

राज्य संचालकहरुको ध्यान कार्यकर्तालाई योजना कसरी बाँडनेतर्फ मात्र गएको बताउँदै जनताप्रतिको जिम्मेवारिता र दायित्वबोध नभएको आरोप उनले लगाए ।

डा. केसीले भन्ने, 'डाक्टरहरको सुरक्षा पहिलो प्राथमिकता र सर्त रहेकोमा स्वास्थ्य सेवा पाउन सकिने न्यूनतम आवश्यकता पुरा गर्न सकिने सम्भावना रहेको अस्पतालमा उपचार सेवा नपाएर अन्यत्र जानु भनेको राज्य लाई लाज लाग्नु पर्ने विषय  हो' । मन्त्रालयले इच्छा देखाए असम्भव केहि पनि छैन् । दरबन्दी अनुसार डाक्टर पठाए टिम पुरा हुने र सेवाग्राहीको उपचार सहज बन्ने उनले बताए ।

अर्को आन्दोलनका बारेमा पत्रकारले राखेको जिज्ञासामा डा. केसीले भने, ‘त्यस विषयका लागि मलाई भन्दा पनि प्रधानमन्त्रीलाई सोध्नु उचित हुन्छ होला । नेपालका सबै जिल्लाहरूमा स्वास्थ्य क्षेत्रमा चुनौतीहरू रहेको आफ्नो अनुभव बताउँदै प्रजातन्त्रदेखि गणतन्त्र आउँदासम्मका हरेक सरकारहरु स्वास्थ्य क्षेत्रको सुधार गर्ने मामिलामा चुक्दै गएको र सुधार गर्न नखोजिएको अवस्ठा छ ।'

'डडेलधुरा अस्पताल जस्तै राजनीतिक चेपुवामा परेका देशमा थुप्रै अस्पताल छन् आवश्यक परे यिनीहरूको सुधारका लागि मेरो आन्दोलन फेरि सुरु हुन सक्छ । त्यसका लागि मैले सुदूपश्चिमबाटै फेरि अनसन बस्नु नपढोस्', उनले भने ।


 

More form the Internet

loading...