Suvadin, Home

चुनावी सद्भाव जुटाउन दाङमा शान्ति पदयात्रा

वैशाख ३१ गतेका लागि तय भएको स्थानीय तहको पक्षमा सद्भाव जुटाउन स्थानीय शान्ति समिति दाङले आइतबारदेखि शान्ति पदयात्रा सुरु गरेको छ। दाङको पूर्वी सीमाना भालुवाङबाट सुरु भएको यो पदयात्रा पश्चिम दाङको पुरान्धारामा पुगेर समापन हुनेछ। एसियाकै दोस्रो र नेपालकै सबैभन्दा ठूलो उपत्यका दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले उक्त र्यालीको उद्घाटन गरेका हुन्। र्याली उद्घाटन गर्दै प्रजिअ काफ्लेले र्यालिले निर्वाचनको माहोल निर्माण गर्ने बताएका छन्।
दाङमा अायाेजित र्यालीका सहभागी। तस्बिरः शुभदिन

दाङ, चैत १३ –  वैशाख ३१ गतेका लागि तय भएको स्थानीय तहको पक्षमा सद्भाव जुटाउन स्थानीय शान्ति समिति दाङले आइतबारदेखि शान्ति पदयात्रा सुरु गरेको छ। दाङको पूर्वी सीमाना भालुवाङबाट सुरु भएको यो पदयात्रा पश्चिम दाङको पुरान्धारामा पुगेर समापन हुनेछ।

एसियाकै दोस्रो र नेपालकै सबैभन्दा ठूलो उपत्यका दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले उक्त र्यालीको उद्घाटन गरेका हुन्। र्याली उद्घाटन गर्दै प्रजिअ काफ्लेले र्यालिले निर्वाचनको माहोल निर्माण गर्ने बताएका छन्।

साथै उनले समाजमा  शान्ति, मेलमिलाप र सद्भाव स्थापना गर्न सहयोग पुग्ने धारणा राखेका छन्। भालुवाङबाट सुरु भएको सद्भाव र्यालीले  सिसहनिया, लमहीमा कार्यक्रमपछि सदरमुकाम घोराहीमा छिर्दै छ।

आइतबारको कार्यक्रम घोराहीमा सम्बोधनपछि समापन हुने  स्थानीय शान्ति समिति दाङका संयोजक नेत्रप्रकाश पाण्डेले जानकारी दिए। त्यस्तै सोमबारका दिन उक्त र्याली बिहान घोराहीबाट सुरु हुने छ।

र्यालीले सोमबारको पहिलो कार्यक्रम नारायणपुरमा गर्ने छ। त्यसपछि विजौरी र तुलसीपुरमा पनि त्यस्तै कार्यक्रमहरु गरिने संयोजक पाण्डेले  बताए। सोमबार नै उक्त र्याली श्रीगाँउमा पुगेर कार्यक्रम गर्ने छ।

अन्त्यमा पुरान्धाराको कार्यक्रमपछि कार्यक्रमको समापन हुने स्थानीय शान्ति समिति दाङका संयोजक पाण्डेले जानकारी दिए। भालुवाङको पुलचोकमा आयोजित उद्घाटन कार्यक्रममा स्थानीय शान्ति समिति दाङका पूर्व संयोजक बमबहादुर डिसीले पदयात्राको औचित्यमाथि प्रकास पारेका थिए।

पूवसंयोजक तुलसा केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शान्ति समितिका जिल्ला सदस्य गणेश आचार्यले गरेका थिए।


 

More form the Internet

loading...