Suvadin, Home

ट्याक्टरको ठक्करबाट युवकको मृत्यु

दाङमा ट्याक्टरको ठक्करबाट एक जना युवकको मृत्यु भएको छ। दाङ प्रहरीका डीएसपी भुवनेश्वर तिवारीका अनुसार श्रीगाँउ-५ सिमठाना निबासी २० वर्षीय ऐजन चौधरीको अनटेस्ट ट्याक्टरको ठक्करबाट मृत्यु भएको हाे।
दुर्घटनाग्रस्त ट्याक्टर । फाइल तस्विर

दाङ, फागुन १५


दाङमा ट्याक्टरको ठक्करबाट एक जना युवकको मृत्यु भएको छ। दाङ प्रहरीका डीएसपी भुवनेश्वर तिवारीका अनुसार श्रीगाँउ-५ सिमठाना निबासी २० वर्षीय ऐजन चौधरीको अनटेस्ट ट्याक्टरको ठक्करबाट मृत्यु भएको हाे।

शनिबार साँझ साढे ६ बजेतिर स्थानीय खोलाबाट बालुवा भरेर घरतर्फ जाँदै गरेको ट्याक्टरले सोही ठाउँ निवासी चौधरीलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो। घाइते चौधरीलाई उपचारका लागि तुलसीपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको तिवारीले  जानकारी दिए।

ठक्कर दिने चालक र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेकाे डिएसपी तिवारीले जानकारी दिएका छन्।


 

More form the Internet

loading...