Suvadin, Home

यी हुन् विश्वका ८ डरलाग्दा गन्तव्य, जाँदा हाेसियार हुनुहाेस्!

आज हामी तपाईँहरूलाई यस्तो ठाउँको बारेमा जानकारी गराउदै छौं। जहाँ तपाईहरूले योजना बनाएर मात्रै निस्कनु होला नत्र यात्रा अफ्ठ्यारोमा पर्न सक्छ। बिर्सेर पनि यी ठाउँमा बिना तयारी नजानु होला।
विश्वको खतरनाक स्थान मध्यकाे एक।

काठमाडौं, असोज ५ –आज हामी तपाईँहरूलाई यस्तो ठाउँको बारेमा जानकारी गराउदै छौं। जहाँ तपाईहरूले योजना बनाएर मात्रै निस्कनु होला नत्र यात्रा अफ्ठ्यारोमा पर्न सक्छ। बिर्सेर पनि यी ठाउँमा बिना तयारी नजानु होला।

हरेकको आफ्नो आफ्नो सौखका रुपमा घुम्मे ठाउँहरू रहेका हुन्छन्। तर, तपाईँ यि ठाउँमा जाँदै हुनुहुन्छ भने सावधान हुनुहाेस्। जहाँ गएर आउने बाटो नपाइन सक्छ। ट्राभल एजेन्सीहरूले विश्वका सबै भन्दा खतरनाक पर्यटन गन्तव्यको लिष्ट तयार पारेको छ।

यसमा उत्तर कोरियाको राजधानी प्योंङयाङदेखि संसारका खतरनाक देश सीरियाको राजधानी दमश्कसम्म कयौं यस्ता स्थान छन्। योसँगै युद्धभूमिका रुपमा रहेका सोमालिया र प्रदूषणले ढाकेको बंगलादेशको ढाकाको पनि नाम समावेश गरिएको छ। 


१. उत्तर कोरियाकाे प्योंङयाङ

तपाई थाहा नै छ आजभोली उत्तर कोरियाका समाचार दिनप्रतिदिन सार्वजनिक भइरहेका छन्। त्यहाँ जाने  विदेशी पर्यटकका लागि निकै निगरानी राख्ने गरिन्छ। र, पर्यटकका लागि निकै कडा कानुन बनाइएको छ।प्याेंङयाङ  एक्लै घुम्न, फोटो खिच्न र कुनै काम गर्न पनि स्वतन्त्रता छैन्। यदि तपार्इँबाट कुनै पनि किसिमका सानो पनि गल्ती भयो भने उत्तर कोरियाको प्रमुख नेताको अपमान भएको मानिन्छ। 



 

२. कोलम्बियाकाे बोगोटा शहर

बोगोटा शहर। जो कोलम्बियामा पर्छ। जुन ठाउँमा ड्रग्ससँग सम्बन्धीत अपराध घटनाका सामान्य जस्ता मानिन्छन्। यहाँ ड्रग्समा आवद्ध अपराधका सूची धेरै लामो छ। हत्या, अपहरण र भ्रष्टाचारका घटना सामान्य जस्तै हुन्छन्। 


३. मोजरबी पोर्टकाे पपुवा न्यू गिनी

पपुवा न्यू गिनीको पोर्ट मोजरबी अपराधको मामलामा निकै खतरनाक ठाउँ हो। यहाँ बलात्कार, हत्या र लुटपाट सामान्य कुरा हो। यदी तपाईँ जान चाहानुहुन्छ भने आफ्नो योजनाबारे सोच्नुस्। 



४. यूक्रेनकाे कीव

कीव यूक्रेनको राजधानी  हाे। यहाँ वर्षाैंदेखी संघर्ष चलिरहेको छ। यहाँकाे जनजीजन निकै कष्टकर छ। यूक्रेनमा सरकार विरोधी आन्दोलन चलेकै कारण यहाँको स्थिति निकै भयकंर छ। 


५. मेक्सिकोकाे सियुदाद जुआरेज शहर

मेक्सिकोको सियुदाद जुआरेज शहर दुनियाँको सबैभन्दा खतरनाक ठाउँ मध्येको एक हो। यो ठाउँमा जीउँदै जलाउनु र बाटोमा हिँड्दै गर्दा अपहरणमा पर्नु कुनै ठूलो कुरा होइन। 



६. प्रिंस ओ पोर्ट– हैटी 

हैटीमा २०१० सालमा गएको भूम्कम्पपछि कुनै पनि विषय वस्तु सामान्य भएका छैनन्। जसको असर अहिलेसम्मदेखि नै गर्छन्। त्यो बेलाको भूकम्पमा पोर्ट ओ प्रिंसको ४०– ५० ठाउँ पुरा क्षति भएका थिए। जो अहिलेसम्म पूनर्निर्माण हुन सकेको छैन्। 



७. सीरिया

सीरियाजानु खतरा मुक्त छैन्। यहाँ पछिल्लो ४ सालभन्दा अगाडिदेखि नै गृह युद्ध चलिरहेको छ। सिरिया गृहयुद्ध र आइएसआईएसको हिंसाको शिकार भइरहेको छ। यसको असर अहिले सीरियाको राजधानी दमासकससम्म पुगेको छ। जो अहिलेसम्म सुरक्षित थियो।



८. सोमालियाकाे मोगादिशु

सोमालियाकाे राजधानी मोगादिशु हो। यहाँ सने १९९० सालदेखि अस्थिरता चलिरहेको छ। मोगादिशु अफ्रिकाको सबै भन्दा हिंस्रक शहर हो।  एजेन्सीकाे सहयाेगमा


 

More form the Internet

loading...