Suvadin, Home

अान्दाेलनमा सघाएकाे भन्दै राजाले सरकारी जागिर खाेसेका थिए
यसरी मारिएका थिए जनअान्दाेलन - २ का पहिलाे शहिद

यादवको २०६२ चैत २३ मा मृत्यु भएको हो । राजविराजमा मसाल जुलुस प्रदर्शनका क्रममा प्रहरी दमन भएपछि भागदौडमा एमाले कार्यकर्ता ५० वर्षीय यादव लडेका थिए। उनलाई हृदयघात भएपछि साँझ करिब ६:३० बजे केही व्यक्तिले सगरमाथा अञ्चल अस्पताल, राजविराजमा भर्ना गराएका थिए। उपचारकै क्रममा यादवको चैत २३ राति करिब ९:१५ मा मृत्यु भएको हो। लड्दा छातीमा चोट लागि हृदयघात भएकाले मृत्यु भएको हो। लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गर्ने यादव मधेशी समुदायका पहिलो व्यक्ति हुन्।
जनअान्दालन २ काे एक तस्बिर।

काठमाडाैं, जेठ १५ -  जनआन्दोलन २ को १९ दिनमा शहादत प्राप्त गर्ने पहिलो व्यक्ति दर्शनलाल यादव हुन्। नेकपा एमालेका सप्तरीका इलाका कमिटि सदस्य यादवको २०६२ चैत २३ मा मृत्यु भएको हो । राजविराजमा मसाल जुलुस प्रदर्शनका क्रममा प्रहरी दमन भएपछि भागदौडमा एमाले कार्यकर्ता ५० वर्षीय यादव लडेका थिए।

उनलाई हृदयघात भएपछि साँझ करिब ६:३० बजे केही व्यक्तिले सगरमाथा अञ्चल अस्पताल, राजविराजमा भर्ना गराएका थिए। उपचारकै क्रममा यादवको चैत २३ राति करिब ९:१५ मा मृत्यु भएको हो। लड्दा छातीमा चोट लागि हृदयघात भएकाले मृत्यु भएको हो। लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गर्ने यादव मधेशी समुदायका पहिलो व्यक्ति हुन्।

सरकारी जागीरे भए पनि ०४६ सालको जनआन्दोलनको सर्मथन गरेको आरोपमा तत्कालीन शासकले यादवलाई जागीरबाट अवकाश दिएको थियो। जागीरे जीवनमा पनि राजनैतिक आस्था भएका कारण उनले आन्दोलन सुरू भएको दिनैदेखि खुलेर सर्मथन गरेका थिए।

कम्युनिस्ट विचार भएका दर्शनको जनआन्दोलनमा सर्मथन गरेवापत जागीर गएपछि राजनीतिमा होमिएका थिए। आन्दोलनपछि प्रजातान्त्रिक सरकारले जागीर जोडिदिने बताए पनि उनले जागीरको वास्ता नगरी राजनीतिमै लाग्ने प्रतिबद्धता जनाएका थिए। मुलुकमा प्रजातन्त्र प्राप्तिपछि राजनीति गरेरै जनताको सेवा गर्न सकिने उच्च विचार राख्दै उनी ०४७ सालमा एमालेमा प्रवेश गरेका थिए।

दुई श्रीमतीका पाँचवटा छोरासहित जीवन गुजारा गर्दै आएका दशनको आर्थिक अवस्था ज्यादै नै कमजोरी थियो। आठ जनाको परिवारको वर्षभरि गुजारा गर्ने डेढ बिघा खेत सिवाय केही थिएन। आर्थिक अवस्था कमजोर भएकाले गुजाराका लागि जागीरे भएका यादवले आन्दोलनको समर्थनमा त्यो पनि गुमाएपछि उनी भोक-भोकै राजनीतिमा लागेका थिए। डेढ बिघा जग्गाले परिवार धान्न धौ-धौ परेका यादवको अवस्था राजनीतिमा लागेदेखि नै झनै दयनीय बन्दै गएको थियो।

सक्रिय राजनीतिमा लागेका यादव पछिल्लो समयमा जननिर्वाचित भएर मलेकपुर गाविसका उपाध्यक्ष बनेका थिए। उनी पार्टीका हरेका कार्यक्रमा समावेश हुँदै लोकतान्त्रिक आन्दोलनमा लागिरहेका थिए। एमालेले आयोजना गरेको आन्दोलन होस् वा सात दलले आह्वान गरेको विरोधसभा जहाँ पनि यादवको उपस्थिति हुन्थ्यो। छोरा अशोक माओवादीमा लागेर सुरक्षा कारबाहीमा मारिए पछि पटक-पटक सुरक्षाकर्मीले दुःख दिँदा पनि कत्ति पनि बिचलित नभई उनी लोकतान्त्रिक आन्दोलनमा लागिरहेका थिए। साभारः विकिपिडिया

 


 

More form the Internet

loading...