Suvadin, Home

दसैंका मनाउन उपत्यकाबाट २४ लाख मानिस बाहिरिए

हिन्दू नेपालीको प्रमुख चाड दसैं मनाउन उपत्यकाबाट झण्डै २४ लाख मानिस बाहिरिएका छन्।

काठमाडौं । हिन्दू नेपालीको प्रमुख चाड दसैं मनाउन उपत्यकाबाट झण्डै २४ लाख मानिस बाहिरिएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार असोज ५ गतेदेखि शनिबार साँझसम्म २३ लाख ८४ हजार ९३१ जना उपत्यकाबाट बाहिरिएका हुन् । यो अवधिमा १० लाख ४६ हजार ७४१ जना उपत्यका भित्रिएका छन् ।  

महाशाखाका अनुसार शनिबार सबैभन्दा बढी तीन लाख ४५ हजार मानिस काठमाडौंबाट बाहिरिएका छन् । त्यस्तै शनिबार उपत्यकाबाट ५४ हजार आठ सय सवारीसाधन पनि बाहिरिएका छन् । 

उपत्यकाबाट बाहिरिनेको संख्या बढेसँगै यता भने चहलपहल घटेको छ । दसैंमा घर जाने क्रम जारी छ ।


 

More form the Internet

loading...