Suvadin, Home
Nepal life 2.75M

बडादशैं शुरू, पहिलो दिन अाज घटस्थापना

आज घटस्थापनाको साइत बिहान ७ बजेर १५ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ। आजैदेखि दशैं घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ।

काठमाडाैं, २४ असोज – नेपालीहरुको महान चाड बडादशैं आजबाट शुरु भएको छ। बडा दशैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना मनाइदैछ। 

आज घटस्थापनाको साइत बिहान ७ बजेर १५ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ। आजैदेखि दशैं घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ।

हिन्दु धर्मावलम्वीहरुले आ-आफ्नो पुजा कोठामा विधिपूर्वक दियो कलस र गणेशको पूजा गर्ने र माटोको पूर्ण घडामा गाईको गोबर राखी घाम नछिर्ने अँध्यारो कोठामा जौ वा मकै रोपेर जमरा राखी पन्चरत्न चढाई शक्तिरुपी दुर्गा भवानीको आराधना गर्ने परम्परा छ।

आज विधिपूर्वक घर घरमा आवाहन गरी पूजा आराधना गरिने दुर्गा देवीलाई कात्तिक २ गते शुक्रबार विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ। कात्तिक २ गते देवी विसर्जनको साइत बिहान ९ बजेर ३९ मिनेटमा रहेको समितिले जनाएको छ।


 

More form the Internet

loading...