Suvadin, Home

Cover Image

सरकारले दसैंका लागि तीन हजार खसीबोका काठमाडौं ल्याउने

दसैं नजिकिदै गर्दा चारै तिर रौनक छाउन सुरु भइसकेको छ । सरकारले पनि दसैंका लागि सरपथ मूल्य पसल खोल्‍नेदेखि खसीकोका राजधानी भित्र्याउनेसम्मको तयारी गरिरहेको छ ।

काठमाडौं । दसैं नजिकिदै गर्दा चारै तिर रौनक छाउन सुरु भइसकेको छ । सरकारले पनि दसैंका लागि सुपथ मूल्य पसल खोल्‍नेदेखि खसीकोका राजधानी भित्र्याउनेसम्मको तयारी गरिरहेको छ ।

गत वर्ष सरकारले झन्डै २ हजार खसीबोका राजधानी भित्र्याएको थियो भने यसपाली तीन हजार भित्र्याउने तयारी गरेको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पहिलेभन्दा गत वर्षभन्दा हजार हाराहारीमा बढी खसीबोका काठमाडौं भित्र्याउने तयारी गरेको जनाएको छ । 

यसपालि विदेशबाट आयात नभएको अवस्थालाई ध्यानमा राख्दै खसीबोका र च्याङग्रा किन्ने तयारी खाद्यको छ ।

खाद्यले दसैंलाई भनेर ३ हजार खसीबोका र च्यांग्रा खरिद गर्ने प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ । उसका अनुसार खसीबोका खरिद गरेर काठमाडौंसम्म ल्याउने प्रक्रिया अगाडि बढेको छ ।

यसपालि कम्पनीले दुई हजार च्यांग्रा र एक हजार खसीबोका किन्‍ने खाद्यले जनाएको छ ।

खसीबोका र च्यांग्राको ढुवानीका लागि टेन्डर आह्वान गरिसकेको जनाउँदै खाद्यले म्याग्दीको बेनी गलेश्वरमा जम्मा गरिएका २ हजार च्यांग्रालाई दसैं लाग्नुअगावै काठमाडौं भित्र्याउने जानकारी दिएको छ ।

वीरगन्ज, हेटौडा र दाङबाट पनि खसीबोका काठमाडौं ल्याइँने छन् । वीरगन्ज र हेटौंडाबाट ५ सय र दाङको तुलसीपुरबाट ५ सय खसीबोका काठमाडौं ल्याउन लागिएको खाद्यले जनाएको छ ।

दसैं आउन झन्डै महिना दिन बाँकी छ। यसपालि उपत्यकामा मागअनुसारको मासु आपूर्तिमा भने चुनौती थपिएको छ।


 

More form the Internet

loading...