Suvadin, Home

जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ५५०, च्याङ्ग्राको ७३०

सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत दसैंका लागि बिक्री गर्ने खसी, बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ । ख

काठमाडौं । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत दसैंका लागि बिक्री गर्ने खसी, बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ । 

कम्पनीले बिक्री गर्ने जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो रुपैयाँ ५५० र च्याङ्ग्राको मूल्य प्रतिकिलो ७३० रुपैयाँ निर्धारण गरेको छ । उपभोक्तालाई खसी, बोका तथा च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ सहुलियत दिई  मूल्य निर्धारण गरिएको कम्पनीले जनाएको छ । 

आजदेखि साविकको खाद्य संस्थानको थापाथलीस्थित बाग्मती अञ्चल कार्यालय (सदन धान गोदाम) बाट खसी, बोका तथा च्याङ्ग्रा बिक्री सुरु गरेको छ । 

यस वर्षका लागि कम्पनीले काठमाण्डौ उपत्यकामा झण्डै तीन हजारको सङ्ख्यामा खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्ने तयारी गरेको छ । त्यसका लागि एक हजार ९२० च्याङ्ग्रा र झण्डै एक हजार खसी, बोका राजधानी ल्याइँदै छ । 


 

More form the Internet

loading...