Suvadin, Home

छुट्टाछुट्टै ठाउँमा दुई शव फेला, एउटा सडेको अवस्थामा

प्लाष्टिकको छाप्रोमा बस्दै आएका गुरुङ मागेर खाँदै हिँड्ने गरेको स्थानीयवासीले बताएका छन्। जाडोले कठ्याङ्ग्रिएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। 
सांकेतिक फाेटाे

भरतपुर, २० पुस – चितवनका छुट्टाछुट्टै ठाउँमा आज दुई जनाको शव फेला परेको छ। भरतपुर महानगरपालिका–३ बेलचोकमा ४० वर्षीय राज गुरुङ मृत अवस्थामा फेला परेका हुन्। 

प्लाष्टिकको छाप्रोमा बस्दै आएका गुरुङ मागेर खाँदै हिँड्ने गरेको स्थानीयवासीले बताएका छन्। जाडोले कठ्याङ्ग्रिएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। 

यस्तै पूर्वी चितवनको खैरहनी नगरपालिका–९ सिमलटाँडीमा इनारभित्र अर्का एक जनाको शव भेटिएको छ। स्थानीयवासी बुद्धिराम चौधरीको इनारमा सोही ठाउँका भलाई महतोको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

विगत १० दिनदेखि हराइरहेका उनको शव सडेको अवस्थामा फेला परेको हो। दुवै शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।


 

More form the Internet

loading...