Suvadin, Home

Cover Image

बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

नयाँ दिल्लीबाट पश्चिमी नाका गड्डाचौकी हुँदै काठमाडाैं गइरहेको मञ्जुश्री यातायातको बा४ख २३८९ नम्बरको बसले पूर्व–पश्चिम राजमार्गको भीमदत्तनगर–बनखेत सडक खण्डमा ठक्कर दिँदा पैदल यात्रु दार्चुलाको महाकाली नगरपालिका–३ का ५५ वर्षीय वीरसिंह महराको मृत्यु भएको हो।

कञ्चनपुर, चैत १ – भारतको नयाँ दिल्लीदेखि काठमाडाैंतर्फ गइरहेको बसको ठक्करबाट बुधबार राति कञ्चनपुरको भीमदत्तनगरमा पैदल यात्रुको मृत्यु भएको छ।

नयाँ दिल्लीबाट पश्चिमी नाका गड्डाचौकी हुँदै काठमाडाैं गइरहेको मञ्जुश्री यातायातको बा४ख २३८९ नम्बरको बसले पूर्व–पश्चिम राजमार्गको भीमदत्तनगर–बनखेत सडक खण्डमा ठक्कर दिँदा पैदल यात्रु दार्चुलाको महाकाली नगरपालिका–३ का ५५ वर्षीय वीरसिंह महराको मृत्यु भएको हो।

मृतकको शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ। बस चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 


 

More form the Internet

loading...