Suvadin, Home

Cover Image

हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

माडी ठोरी हुलाकी सडकमा हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ ।

चितवन । माडी ठोरी हुलाकी सडकमा हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ ।

इलाका प्रहरीका अनुसार माडी नगरपालिका- ९ पुरानो अम्बुबा पोष्ट नजिकै देउराली ओरालोमा बच्चासहितको हात्तीको बथानले  आज विहान आक्रमण गरेको हो ।

मृत्यु हुनेमा माडी नगरपालिका- १ बरुवाका ६० वर्षीय बाबुराम पौडेल र उनका छोरा ३५ वर्षीय राजु पौडेल रहेका छन् ।

दुवै जना लु३१प २९११ नंको मोटरसाइकलमा निकुञ्जको बाटो हुँदै माडीबाट बाँदरझुलातर्फ जाँदै गर्दा घटना भएको हो


 

More form the Internet

loading...