Suvadin, Home

हिमपहिरोमा बेपत्ता भएका सातै जनाको शव भेटियो

कास्कीको अन्नपूर्ण गाँउपालिका वडा नं. ११ हिङ्कु केभमा गएको हिमपहिरोमा परि गएको ३ माघमा बेपत्ता भएकामध्ये दुई जनाको शव नेपाली सेनाले शनिबार पोखरा ल्याएको छ।

पोखरा । कास्कीको अन्नपूर्ण गाँउपालिका वडा नं. ११ हिङ्कु केभमा गएको हिमपहिरोमा परि गएको ३ माघमा बेपत्ता भएकामध्ये दुई जनाको शव नेपाली सेनाले शनिबार पोखरा ल्याएको छ।

योसँगै कास्कीको अन्नपूर्ण गाँउपालिकामा गएको हिमपहिरोमा परेर बेपत्ता भएका सातै जनाको शव फेला परेको छ ।

गत वर्षको माघ ३ गते हिमपहिरोमा तीन जना नेपाली गाईड तथा चार जना कोरियन पर्यटकहरु बेपत्ता भएका थिए । खोजीका क्रममा यसअघि नै दुई जना नेपाली गाइड र तीन जना कोरियन पर्यटकहरुको शव फेला परिसकेको थियो ।

नेपाली सेनाको उद्धार टोलीले हिजो एक जना नेपाली र एक जना कोरियन नागरिकको शव पनि फेला पारेको हो । शवलाई आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ ।


 

More form the Internet

loading...