Suvadin, Home

अपहरणमा परेका तुल्सीपुरका व्यापारी राजकुमार श्रेष्ठ मृत फेला 

तीन साताअघि बेपत्ता दाङ तुल्सीपुरका व्यापारी राजकुमार श्रेष्ठ मृत अवस्थामा भेटिएका छन्।
राजकुमार श्रेष्ठ ।

काठमाडौं, असार १६– तीन साताअघि  बेपत्ता दाङ तुल्सीपुरका व्यापारी राजकुमार श्रेष्ठ मृत अवस्थामा भेटिएका छन्। जेठ २६ गते साझ अपहरणमा परेका  व्यापारी श्रेष्ठ सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ४ को रैजेखुटीमा रहेको झिम्पे टावर मुनी मृत अवस्थामा फेला दाङ प्रहरीले जानकारी दिएको छ।  


कुहीएको अवस्थामा शब फेला परेको सल्यान प्रहरीले जनाएको छ।  बुटवल बस्त्रालयका सञ्चालक रहेका व्यापारी श्रेष्ठ गत जेठ २६ गते दाङको तुलसीपुर बजारबाट अपहरणमा परेका थिए।

प्रहरीले अहिले सबलाईमा बोरामा हालेर दाङ ल्याउने तयारी गरेको जनाईएको छ। अपहरणमा संलग्न रहेका व्यक्तिहरुले दिएको जानकारी अनुसार व्यापारी श्रेष्ठको शव शुक्रबार दिउँसो फेला परेको हो।

व्यापारी श्रेष्ठको शवलाई दाङ र सल्यानबाट खटिएको प्रहरीको टोलीले जंगलमा फेला पारेको हो। श्रेष्ठको अपहरणमा संलग्न रहेका व्यक्तिलाई केही दिनअघि प्रहरीले पक्राउ गरेको थियो। 


अपहरणमा परेका श्रेष्ठलाई खोज्नका लागि सिआईबि र अपराध महाशाखाबाट विज्ञहरुको टोली खटेको थियो। टोलीले अपहरणमा संलग्न केहीलाई प्रकाउ गरेपछि उनीहरुको आधारमा शव पत्ता लागेको हो।  


श्रेष्ठको अपहरणमा एक युवती र भारतीय पेशेवर प्रयोग भएको प्रहरीको निष्कर्ष छ। सोही दिन अपहरणमा परेका रणबहादुर घर्तिको अवस्था अझै अज्ञात छ।


 

More form the Internet

loading...