Suvadin, Home

पूर्वसांसद पण्डितको निधन

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको केन्द्रीय उपाध्यक्षसमेत रहेका पण्डित २०४२ सालका बमकाण्डमा गिरफ्तारमा परेका थिए। झण्डै आठ महीना प्रहरी हिरासतमा उनी रहेका थिए। तत्कालीन राष्ट्रिय पञ्चायात सदस्यमा समेत उनी नुवाकोटबाट उम्मेवार बनेका थिए। काठमाडौंको वसुन्धरामा बस्दै आएका पण्डितका दुई छोरा, तीन छोरी र श्रीमती छन्। पछिल्लो समय उनी पार्टीमा निष्क्रिय थिए। 

काठमाडौं, २१ फागुन – पूर्वसांसद गणेश पण्डितको निधन भएको छ। आज हृदयाघात भएपछि उपचारका क्रममा ७० वर्षीय पण्डितको शिक्षण अस्पताल महाराजगञ्जमा दिउँसो २ बजे निधन भएको प्रदेश सांसद केशव पाण्डेले जानकारी दिए। 

विसं २०४८ को निर्वाचनमा उनी नुवाकोट–२ बाट तत्कालीन नेकपा (एमाले)बाट निर्वाचित भएका थिए। विसं २०५६ को निर्वाचनमा उनी नुवाकोटबाट तत्कालीन नेकपा (माले)बाट उम्मेदवार बनेका थिए। 

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको केन्द्रीय उपाध्यक्षसमेत रहेका पण्डित २०४२ सालका बमकाण्डमा गिरफ्तारमा परेका थिए। झण्डै आठ महीना प्रहरी हिरासतमा उनी रहेका थिए। तत्कालीन राष्ट्रिय पञ्चायात सदस्यमा समेत उनी नुवाकोटबाट उम्मेवार बनेका थिए। काठमाडौंको वसुन्धरामा बस्दै आएका पण्डितका दुई छोरा, तीन छोरी र श्रीमती छन्। पछिल्लो समय उनी पार्टीमा निष्क्रिय थिए। रासस


 

More form the Internet

loading...