Suvadin, Home

Cover Image

बाढीले बगाउँदा दुई बालिका बेपत्ता

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा खोलामा आएको बाढीले बगाउँदा २ बालिका बेपत्ता भएका छन् ।

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा खोलामा आएको बाढीले बगाउँदा २ बालिका बेपत्ता भएका छन् ।

अविरल बर्षासँगै कोटखोलामा आएको बाढीले बगाउँदा बगरपाँटीकी पार्वती परियारकी ९ वर्षीया छोरी प्रबिना परियार र अनिता परियारकी ६ वर्षीया छोरी अनुस्का परियार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बेपत्ता दुई बालिकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । शनिबार राति करिब सवा ११ बजेको समयमा कोटखोलामा बाढी आएपछि भाग्न खोज्द दुई बालिकालाई बाढीले बगाएको हुन सक्ने प्रहरीले जनाएको छ ।


 

More form the Internet

loading...