Suvadin, Home
Nepal Telecom 927.2k

सुतेकै अवस्थामा इलामका एक युवकको मलेसियामा  मृत्यु

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका इलामका एक युवककाे सुतेकै अवस्थामा मृत्यु भएको छ। मलेसियामा कार्यरत बुद्धिमान राईका अनुसार तीन वर्षअघि मलेसिया पुगेका माईपोखरी–६ चाँपगैरीका ३७ वर्षीय बेनुप मुखियाको सुतेकै अवस्थामा सोमबार मृत्यु भएको हाे।

इलाम, पुस २८


वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका इलामका एक युवककाे सुतेकै अवस्थामा मृत्यु भएको छ। 

मलेसियामा कार्यरत बुद्धिमान राईका अनुसार तीन वर्षअघि मलेसिया पुगेका माईपोखरी–६ चाँपगैरीका ३७ वर्षीय बेनुप मुखियाको सुतेकै अवस्थामा सोमबार मृत्यु भएको हाे। 

बेनुप मलेसियामै हुँदा नेपालमा उनकी आमा र दिदीको समेत मृत्यु भइसकेको छ। मलेसियाको पोर्ट केलाङ कम्पनीमा कार्यरत उनको शव शुक्रबार नेपाल ल्याउने तयारी भइरहेको छ। रासस 


 

More form the Internet

loading...