Suvadin, Home

गाडीको ठक्करबाट एकको मृत्यु

ज्यान जानेमा घोराही–८, वनगाउँ निवासी ३८ वर्षीय तुलसीराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बुधबार बिहान ५ः३० बजेतिर घोराही–११, नारायणपुर नजिक बुकाली डाँडा भन्ने ठाउँमा गाडीको ठक्करबाट उनको ज्यान गएको हो।
सांकेतिक तस्वीर

दाङ, वैशाख ५ – गाडीको ठक्करबाट दाङमा एकजनाको ज्यान गएको छ। ज्यान जानेमा घोराही–८, वनगाउँ निवासी ३८ वर्षीय तुलसीराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

बुधबार बिहान ५ः३० बजेतिर घोराही–११, नारायणपुर नजिक बुकाली डाँडा भन्ने ठाउँमा गाडीको ठक्करबाट उनको ज्यान गएको हो। उनलाई ठक्कर दिने गाडीको पहिचान भएको छैन। यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। 


 

More form the Internet

loading...