Suvadin, Home

Cover Image

दिल्ली हिंसामा ७ जनाको मृत्यु, मुम्बइमा उच्च सुरक्षा 

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीको उत्तर–पूर्वी जिल्लामा जारी हिंसामा मृत्यु हुनेको संख्या सात पुगेको छ ।

दिल्ली प्रहरीले उत्तरी दिल्लीका छुट्टाछुट्टै स्थानमा भएको हिंसामा अहिलेसम्म सात जनाको मृत्यु भएको पुष्टि गरेको छ । दिल्ली प्रहरीका अनुसार हवल्दार रतन लालको हिंसाका क्रममा मृत्यु भएको छ । 

यस्तै शाहिद, मोहम्मद फुर्कान, राहुल सोलंकी, नाजिम नामका व्यक्तिको पनि हिंसामा परी मृत्यु भएको प्रहरीले जनाएको छ । हिंसामा परी मृत्यु भएका दुई जनाको भने परिचय खुल्न नसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

नागरिकता संशोधन कानुन (सीएए) को विरोधमा मंगलबार बिहान मौजपुर र ब्रह्मपुरीमा ढुंगामुढा गरिएको छ । करावल नगरमा प्रदर्शनकारीले टायर मार्केटमा आगो लगाएका छन् । 

गृहमन्त्री अमित शाहले आपतकालीन बैठक बोलाएका छन् । बैठकमा प्रहरी अधिकारी, उपराज्यपाल र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल सहभागी हुने छन् ।

हिंसा भड्किएपछि उत्तर–पूर्वी दिल्लीका सम्पूर्ण विद्यालयहरू बन्द गरिएको छ । दिल्ली मेट्रोले पनि ऐतिहातन जाफराबाद, मौजपुर, बाबरपुर, गोकुलपुरी, जौहरी एन्क्लेभ र शिव विहार मेट्रो स्टेसन बन्द गर्ने निर्णय गरेको छ । 

दिल्लीमा हिंसा भड्किएपछि मुम्बइमा पनि हिंसात्मक झडपहरु हुनसक्ने भन्दै उच्च सुरक्षा सतर्कता अपनाइएको छ । 
 


 

More form the Internet

loading...