Suvadin, Home

Cover Image

दिल्ली हिंसामा ज्यान गुमाउनेको संख्या १३ पुग्यो, देख्नेबित्तिकै गोली हान्‍ने आदेश

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा रहेकै बेला दिल्लीमा हिंसा फैलिएको छ।

नागरिकता संशोधन कानुनको विरोध गरिरहेकाहरुमाथि हिन्दुवादी समूहहरुले आक्रमण गरेपछि चर्केको हिंसामा हालसम्म १३ जनाको ज्यान गइसकेको छ भने एक सय ५० जनाभन्दा बढी घाइते भएका छन्।

खासगरी दिल्लीको उत्तरपूर्वी इलाकामा हिंसात्मक झडपहरु भएका छन्।

उत्तरपूर्वी दिल्लीका चाँदबाग, जाफरावाद, मौजपुरजस्ता क्षेत्रमा कर्फ्यु लगाइएको छ। प्रहरीले देख्नेबित्तिकै दंगाकारीमाथि गोली चलाउने आदेश दिएको छ।

सोमबारदेखि लगातार झडपहरु भइरहेका छन्। मंगलबार साँझ आगजनी, ढुंगमुढा अझ बढेको थियो। एजेन्सी


 

More form the Internet

loading...