Suvadin, Home

दिल्ली दंगा : मारिनेको संख्या २७ पुग्यो

नयाँ दिल्ली । नागरिकता संशोधन कानुनको विरोध र समर्थनमा सुरु भएको प्रदर्शन साम्प्रदायिक दंगामा परिणत हुँदा भारतको राजधानी दिल्लीमा मारिनेहरुको संख्या २७ पुगेको छ।

गत तीन दिनदेखि उत्तरपूर्वी दिल्लीमा हिंसात्मक झडप, गोली प्रहार र आगजनीका घटना भइरहेका छन्।

दिल्लीको गुरु तेजबहादुर अस्पतालले आफूकहाँ २५ जनाको ज्यान गएको बताएको छ भने लोक नायक अस्पतालले दुई जना मृत रहेको जनाएको छ।

दिल्लीको उच्च अदालतले बुधबार यससम्बन्धी मुद्दामा सुनुवाइ गर्दै सन् १९८४ को सिख विरोधी हिंसा दोहोरिन दिन नसकिने पनि बताएको छ।

बुधबार साँझ हिंसाग्रस्त क्षेत्रमा भ्रमण गरेको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले भने स्थिति प्रहरीको नियन्त्रणमा आइसकेको बताएका थिए। एजेन्सी


 

More form the Internet

loading...