Suvadin, Home

चीनमा प्रजातन्त्रवादी अभियानकर्मीलाई १३ वर्ष जेल सजाय

यसअघि एकजना मानव अधिकारवादी वकिलले चिन योङले 'अदालतलाई सहयोग गर्न अस्वीकार गरेको' र मुद्दाको सुनुवाइका क्रममा केही बोल्न नमानेको समाचार संस्था एएफपीलाई बताएका थिए। मध्यचीनको वूखान नगरस्थित एउटा अदालतले चिन योङ दोषी पाइएको अनलाइनमार्फत् पुष्टि गरेको हो।

काठमाडाैं, २७ असार – चीनमा एक चर्चित प्रजातन्त्रवादी अभियानकर्तालाई 'राज्यविरुद्धको षड्यन्त्र' गरेको अभियोगमा १३ वर्ष जेल सजाय सुनाइएको छ। ६४ वर्षीय चिन योङ मिनले अहिलेसम्म २२ वर्ष जेल सजाय काटिसकेका छन्।

यसअघि एकजना मानव अधिकारवादी वकिलले चिन योङले 'अदालतलाई सहयोग गर्न अस्वीकार गरेको' र मुद्दाको सुनुवाइका क्रममा केही बोल्न नमानेको समाचार संस्था एएफपीलाई बताएका थिए।

मध्यचीनको वूखान नगरस्थित एउटा अदालतले चिन योङ दोषी पाइएको अनलाइनमार्फत् पुष्टि गरेको हो।


 

More form the Internet

loading...