Suvadin, Home

पानी ट्याङ्कीमा खसेर बेंगलोरमा एक नेपालीको मृत्यु

रोजगारीको सिलसिलामा भारतको बेंगलोरमा रहेका एक नेपाली युवकको पानीको ट्याङ्कीमा खसेर मृत्यु भएको छ । 

बैतडी । रोजगारीको सिलसिलामा भारतको बेंगलोरमा रहेका एक नेपाली युवकको पानीको ट्याङ्कीमा खसेर मृत्यु भएको छ । 

मृत्यु हुनेमा गुमाउनेमा बैतडीको पुर्चौडी नगरपालिका घर भएर हाल कञ्चनपुरको  झलारी पिपलाडी बस्दै आएका २४ वर्षीय भरत जोशी रहेको बताइएको छ ।

शनिबार राति काम सकेर कोठातिर  जाने क्रममा पानी ट्याङ्कीमा खसेर जोशीको मृत्यु भएको सुदूरपश्चिमेली नेपाली समाज, भारत कर्नाटक राज्यसमितिका संस्थागत अध्यक्ष लिलाधर कपाडीले जानकारी दिए ।

उनी एक महिना अघि मात्रै राजगारिको सिलसिलमा बेंगलोर पुगेका थिए ।


 

More form the Internet

loading...