Suvadin, Home

फेवातालमा प्याराग्लाइडिङ खसेर पाइलटको मृत्यु

पोखराको सराङकोटडाँडाबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खस्दा घाईते भएका विदेशी नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाईते भएका रोमानियाका ४२ वर्षीया  एडे–सिस जेडिआरको मृत्यु भएको कास्की प्रहरी प्रमुख ओम रानाले बताए।
फाइल फाेटाे

पोखरा, १९ फागुन – पोखराको सराङकोटडाँडाबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खस्दा घाईते भएका विदेशी नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाईते भएका रोमानियाका ४२ वर्षीया  एडे–सिस जेडिआरको मृत्यु भएको कास्की प्रहरी प्रमुख ओम रानाले बताए।

घाईते इडिइकेडिलाई तालबाट उद्धार गरेर तुरुन्तै उपचारको लागी पोखराको मेट्रोसिटी हस्पिटलमा ल्याइए पनि उनलाई अस्पताले मृत घोषणा गरेको हो।

उनी ब्लुस्काई प्याराग्लाइडिङ कम्पनीबाट अनुमति लिएर उँडेको बताइएको छ। ल्याण्ड गर्न नसकेपछि प्याराग्लाइडिङ फेवातालको मध्यभागमा विहान सवा ११ बजे खसेको हो। प्याराग्लाइडिङ खसेको सूचना पाएलगत्तै प्रहरीको टोली मोटरबोट लिएर घटना स्थल पुगेकोको थियो।


 

More form the Internet

loading...