Suvadin, Home

खुकुरी प्रहार गरी पतिको हत्या

बुटवल, पुस ११

रुपन्देहीको रुद्रपुरमा श्रीमतीको खुकुरी प्रहारबाट श्रीमानको ज्यान गएको छ।

इलाका प्रहरी कार्यालय रुद्रपुरका अनुसार रुद्रपुर–२ पिपरीकी २४ वर्षीया शिला बुढाको हथौडा र खुकुरी प्रहारबाट पति २३ वर्षीय श्याम बुढाको मंगलबार बिहान मृत्यु भएको हो।

पतिपत्नीबीच रातभर झगडा भएको र बिहान खुकुरी प्रहार हुन सक्ने स्थानीयको अनुमान छ।

शिलाको खुकुरी प्रहारबाट घाइते भएका श्याम बुढाको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको प्रहरी सहायक निरीक्षक रामविलाश यादवले बताएका छन्।

घाइते श्यामलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। पतिपत्नीको झगडाका क्रममा शिलाका दुवै हातमा चोट लागेको छ।

प्रहरी नियन्त्रणमै लुम्बिनी अञ्चल अस्पतालमा उनको उपचार भइरहेको  प्रहरीले बताएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

उनीहरुले भदौ–२ गते प्रेमविवाह गरेका थिए। श्याम पशुपति माविमा कक्षा–११ मा पढ्थे। शिला ब्युटी पार्लर सञ्चालन गर्थिन्।


 

More form the Internet

loading...