Suvadin, Home

खाना पकाउनेक्रममा करेन्ट लागेर मृत्यु

झापाको कनकाई नगरपालिकामा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ।
सांकेतिक तस्बिर।

झापा,  असोज २७– झापाको कनकाई नगरपालिकामा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ।

मृत्यु हुनेमा कनकाई नपा–३ दुर्गापुरकी ५६ वर्षीया कौशिला कोइराला रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

कोइरालालाई घरमा खाना पकाउनेक्रममा विहिबार हिटरबाट करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


 

More form the Internet

loading...