Suvadin, Home

फरार रहेका गुण्डा नाइके दीपक मनाङे जेल चलान

वि.सं. २०६१ वैशाखमा महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा चक्रे मिलन भन्ने मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरेपछि ज्यान मार्ने अभियोगमा पुनरावेदन अदालत र सर्वोच्च अदालतले ५ वर्ष कैद सजाय सुनाए पछि फरार रहेका मनाङेलाई बिहिबार साँझ पक्राउ गरी शुक्रबार अदालतको आदेशअनुसार जेल चलान गरिएको हो। 

काठमाडौं, वैशाख ७ – महानगरीय प्रहरी परिसरले ज्यान मार्ने अभियोगमा दोषी ठहर भई फरार रहेका दीपक मनाङेलाई पक्राउ गरी जेल चलान गरेको छ। 

वि.सं. २०६१ वैशाखमा महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा चक्रे मिलन भन्ने मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरेपछि ज्यान मार्ने अभियोगमा पुनरावेदन अदालत र सर्वोच्च अदालतले ५ वर्ष कैद सजाय सुनाए पछि फरार रहेका मनाङेलाई बिहीबार साँझ पक्राउ गरी शुक्रबार अदालतको आदेशअनुसार जेल चलान गरिएको हो। 

परिसरका प्रवक्ता मोहनकुमार थापाले परिसरको विशेष टोलीले बिहिबार पक्राउ गरेको मनाङेलाई शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थिति गराएपछि अदालतको आदेशअनुसार डिल्लीबजार कारागार चलान गरिएको जानकारी दिएका छन्। 

मनाङे मङ्सिर १० मा भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा मनाङ क्षेत्र नम्बर–१ प्रदेश ख बाट स्वतन्त्र निर्वाचित सांसद भएका थिए। उनलाई प्रहरी प्रधान कार्यालय इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरी पक्राउ गर्न पत्राचारसमेत गरिएको थियो।


 

More form the Internet

loading...