Suvadin, Home

शभ विहानी
अाज कुकुर तिहार मनाइँदै

आज कुकुर तिहार। तिहारको दोस्राे दिन  घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठामीठा खानेकुरा खान दिई पूजा गरिन्छ।
कुकर तिहार।

काठमाडौं, कात्तिक १–आज कुकुर तिहार। तिहारको दोस्राे दिन  घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठामीठा खानेकुरा खान दिई पूजा गरिन्छ।

 बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपछि नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरके नुहाउने विधि समेत रहेको छ।

आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ। प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पूजा गरिन्छ। आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ। यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ।

कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवम् गुनिलो जनावर पनि हो। यो जनावरले सुँघेर अपराधीहरू पत्ता लगाउने र कुकुरलाई भैरवको बहान पनि भनिन्छ।

त्यसैगरी विनासकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराई पूर्वसूचना समेत दिने गरेको सुरक्षा निकायको भनाइ छ।

कुकुर इमान्दार र वफादार जनावर पनि हो । घरको रेखदेख गर्ने काम पनि कुकुरले नै गर्दछ । परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ ।

कुकुरका गुणको कदर गरेर मानिसले वर्षमा एकपटक यमपञ्चकको दोश्रो दिन पारेर पुज्ने गर्दछन्। सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ।
 


 

More form the Internet

loading...