Suvadin, Home

Cover Image

कोरोना भाइरसविरुद्धको भ्याक्सिन २०२० अन्तसम्म बनिसक्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्धको भ्याक्सिन सन् २०२० को अन्तसम्म आइसक्नेमा विश्वस व्यक्त गरेका छन् ।

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्धको भ्याक्सिन सन् २०२० को अन्तसम्म आइसक्नेमा विश्वस व्यक्त गरेका छन् । उनले सन् २०२१ नआउँदै भ्याक्सिन आइसक्नेमा आफू निकै विश्वस्त रहेको उनको भनाई छ ।

फक्स न्युजसँगको कुराकानीमा ट्रम्पले  उक्त कुरा बताएका हुन् । ‘हामी यसै वर्षको अन्तसम्ममा भ्याक्सिन आउनेमा निकै विश्वस्त छौं,’ उनले भने । उनले भ्याक्सीन बनाउने काम भइरहेको भन्दै खुशी व्यक्त गरे ।

स‌ंसारभरका वैज्ञानिकहरू कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउन तल्लिन रहेका छन् । अमेरिका पनि यो दौडमा छ ।

विश्वका कतिपय देशले कोरोना भाइरसविरुद्धको भ्याक्सिनको मानव परीक्षण गरिसकेका छन् । कतिपयले जनावरमा परीक्षण गरिरहेका छन् ।


 

More form the Internet

loading...