Suvadin, Home

चर्चामा अाउन नयाँ-नयाँ फन्डा
ह्वाइट हाउसमै ट्रक चलाए डोनाल्ड ट्रम्पले

धेरैले अहिलेसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिटिक्क, शानदार कारमा सवार भएको वा त्यसलाई चलाइरहेको देखेको हुनुपर्छ। तर, अब संसारकै सबैभन्दा शक्तिशाली व्यक्तिलाई ह्वाइट हाउसभित्र ट्रकमा बसेर स्टेरिङ घुमाएको पनि देख्न सकिने छ। हो, निर्वाचन अघि र पछि पनि। सधैंजसो आफ्नो बेग्लै हास्यव्यङ्ग्य शैलीका कारण पनि चर्चामा रहेका राष्ट्रपति ट्रम्पले बिहीबार अनेक हाउभाउमा ट्रक चलाउने प्रयास गरे। ह्वाइट हाउसभित्रै साइड लागेको ट्रकमा चढे। स्टेरिङ घुमाए। तस्विर खिचाए, र त्यसलाई मिडिया सामु ल्याइदिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प।

काठमाडौं, चैत १०– धेरैले अहिलेसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिटिक्क, शानदार कारमा सवार भएको वा त्यसलाई चलाइरहेको देखेको हुनुपर्छ। तर, अब संसारकै सबैभन्दा शक्तिशाली व्यक्तिलाई ह्वाइट हाउसभित्र ट्रकमा बसेर स्टेरिङ घुमाएको पनि देख्न सकिने छ।

हो, निर्वाचन अघि र पछि पनि। सधैंजसो आफ्नो बेग्लै हास्यव्यङ्ग्य शैलीका कारण पनि चर्चामा रहेका राष्ट्रपति ट्रम्पले बिहीबार अनेक हाउभाउमा ट्रक चलाउने प्रयास गरे। ह्वाइट हाउसभित्रै साइड लागेको ट्रकमा चढे।

स्टेरिङ घुमाए। तस्विर खिचाए, र त्यसलाई मिडिया सामु ल्याइदिए। अभिनय शैलीमा उनले हर्न पनि बजाएका थिए। यी तस्बिरहरू अहिले सोसल मिडियामा भाइरल बनेका छन्। राष्ट्रपति ट्रम्पलाई भेट्न ह्वाइट हाउस पुगेका थिए, चालक।

उनीहरुसँग ट्रक इण्डष्ट्रिजका प्रतिनिधि पनि थिए। त्यहाँभित्र दुई वटा ट्रक खडा थिए। एउटामा अमेरिकाको झन्डा टाँगिएको थियो। अर्कोमा बच्चाको तस्बिर टाँसिएको थियो। लेखिएको थियो, ‘मेरो बुवाझैं ७० लाख मानिसले अमेरिकालाई अगाडि बढाउने छन्।’

राष्ट्रपति ट्रम्पले ट्रक चालकहरुसँग बकाइदा हात मिलाए। दुर्घटनाबाट बच्न सुझाए। उनले चालहरुलाई भने, ‘तपाईहरु जत्तिको राम्रोसँग अमेरिकालाई चिन्ने यहाँ कोही छैन, हरेक दिन अमेरिकालाई देख्नु हुन्छ, सडकका हरेक खाल्टा देख्नु हुन्छ, तिनको सुधार पनि जरुरी छ।’

उक्त अवसरमा कम्पनीका कयौं सिइओ पनि पुगेका थिए। ट्रम्पले हाँसी-मजाकको शैलीमा दुई जना चालकलाई भने, ‘अमेरिकालाई कसले अगाडि बढाउँछ, तपाई की तपाई?


 

More form the Internet

loading...