Suvadin, Home
Bridge Water

नाङ्खाेल्याल्याङबासीकाे एकता!
खाजा खर्च संकलन गरी नमूना गाउँ बनाउने अभियानमा प्रवासी

विभिन्न देशमा प्रवासी जीवन बताइरहेकाहरुलाई सामाजिक सञ्जालबाटसमेटेर आफ्नो गाउँ आफै बनाऊँ भन्ने अभियानमा सञ्चालन गरिएको नाङ्खोल्याङ प्रवास एकता समाजका अध्यक्ष धनेन्द्र खतिवडाले बताएका छन्।
लिम्बूका अाफन्तलार्इ उपचार खर्च प्रदान गर्दै संस्थाका प्रतिनिधि।

रुपेश अधिकारी, युएई, मंसिर ६ – विभिन्न जिल्लाबाट विदेशमा पुगेर बसोबास गर्ने नेपालीहरू संगठित हुने क्रममा बढ्दो छ। उनीहरु संगठित हुनुको कारण एकअर्कामा सहयोग अादानप्रदान र आफ्नो गाउँठाउँको विकासमा योगदान दिने उद्देश्य नै हाे।

यिनै संस्थाहरुको भिडमा रहेको ताप्लेजुङ समाजमा आवद्ध रहेका नाङ्खोल्याङबासीले प्रवासी एकता नामक सस्था स्थापना गरी सामाजिक सेवाकाे क्षेत्रमा काम गर्न र कुनै किसिमकाे विपत्ति अाएमा सहयोग गर्न लागि परेका छन्।

विभिन्न देशमा प्रवासी जीवन बताइरहेकाहरुलाई सामाजिक सञ्जालबाटसमेटेर आफ्नो गाउँ आफै बनाऊँ भन्ने अभियानमा सञ्चालन गरिएको नाङ्खोल्याङ प्रवास एकता समाजका अध्यक्ष धनेन्द्र खतिवडाले बताएका छन्।

युएर्इका सक्रिय सदस्य धनेन्द्र कार्कीका भाइ हरि कार्कीको केही महिनाअघि निधन हुँदा समाजका तर्फबाट २० हजार रुपैयाँ सहयोग गरिएको थियो।

सामाजिक सञ्जालको प्रयोगसँगै बढ्दै गएको विकृति रोक्न समेत आफूहरुले यस अभियान थालिएको खतिवडाको भनाई छ। युएर्इबाट शुरु भएको अभियान साउदी अरेबिया, कतार, कुवेत हुँदै अहिले मलेसियामा विस्तार भएको छ।

गाउँघरमा आइपरेका समस्यालाई आफैँ मलमपट्टी लगाउने प्रयास उनीहरुले गरिरहेका छन्। यही क्रममा युएर्इका सक्रिय सदस्य धनेन्द्र कार्कीका भाइ हरि कार्कीको केही महिनाअघि निधन हुँदा समाजका तर्फबाट काजकिरिया खर्च स्वरुप २० हजार रुपैयाँ सहयोग गरिएको थियो।

त्यस्तै कुबेतमा कार्यरत संस्थाका सक्रिय सदस्य बेगम गुरुङको निधनमा काजक्रिया खर्च स्वरुप ८२ हजार रुपैयाँ सहयोग गरिएको खतिवडाले बताए। मृतक गुरुङकी ५ वर्षिया छोरीको शिक्षाका लागि समेत सहयोग गरिएको उनले बताएका छन्।

खाजा खर्च कटाएर गाँउका लागि हरेक महिना केही रकम संकलन गर्ने गरिएको छ।

यस्तै प्यारालाइसिसबाट थलिएर उपचार गराइरहेका नाङ्खोल्याङका काजिमान खिम्दिङ लिम्बूको उपचारमा समाजको तर्फबाट तत्काल १० हजार रुपैयाँ सहयोग गरेको थियो। आफू जन्मेको गाउँठाउँलाई मायागरी विदेशमा रहँदा खाजा खर्च कटाएर गाँउका लागि हरेक महिना केही रकम संकलन गर्ने गरिएको छ।

सामाजिक सञ्जालमा दुई सयभन्दा बढी नाङखोल्याङबासी  आवद्ध छन्। पछिल्लो ६ महिनामा ३ लाख ५० हजार रुपैयाँ रकम संकलन भइसकेको अध्यक्ष खतिवडाले जानकारी दिएका छन् ।  गाउँमा  आपतविपत र विकासमा सहयोग पुर्याउने हेतुले अभियान शुरु गरे लगतै विभिन्न सहयोग प्राप्त भएरहेको उनको भनाई छ।

'अब अन्य देशमा रहेका ताप्लेजुङबासीलाई पनि यो नेटवर्कमा जोड्ने र केही रकम संकलन भएपछि नाङ्खोल्याङलाई जिल्लाको एउटा नमूना गाउँ बनाउन विस्तृत याेजना ल्याउने हाम्राे याेजना छ,' अध्यक्ष खतिवडाले शुभदिनसँग भने।