Suvadin, Home

गाउँ–शहर तिहारमय भएका बेला दुःखद दुर्घटना
बिग्रेको बस १० किलोमिटर गुडाउँदा दुर्घटना, चालक फरार

डोटीको बड्डीकेदार गाउँपालिका–४ मान्नाकापडीमा बिहीबार बिहान भएकाे बस दुर्घटनामा चालकको चरम लापरवाही देखिएको छ। एक बालिकासहित तीन जनाको ज्यान जाने गरी भएको सुदूरपश्चिम यातायातको ना ३ ख ५६४८ नम्बरको बस दुर्घटनामा चालक प्रकाशबहादुर चन्द तथा गाडीसँग सम्बन्धीत व्यक्तिहरूको लापरवाही देखिएको प्रहरीले ठहर गरेको हो।
डाेटीमा भएकाे बस दुर्घटना। तस्बिर स्राेत रामहरी अाेझा।

काठमाडौं, कात्तिक २– डोटीको बड्डीकेदार गाउँपालिका–४ मान्नाकापडीमा बिहीबार बिहान भएकाे बस दुर्घटनामा चालकको चरम लापरवाही देखिएको छ।

एक बालिकासहित तीन जनाको ज्यान जाने गरी भएको सुदूरपश्चिम यातायातको ना ३ ख ५६४८ नम्बरको बस दुर्घटनामा चालक प्रकाशबहादुर चन्द तथा गाडीसँग सम्बन्धीत व्यक्तिहरूको लापरवाही देखिएको प्रहरीले ठहर गरेको हो।

विपीनगर प्रहरी चौकीका ईञ्चार्ज प्रहरी निरीक्षक रणबहादुर विष्टका अनुसार बस विग्रिदा समेत करिव १० किलोमिटरसम्म गुडाइएको छ। ‘अत्तरकाँडामै बसको स्टेरिङ भाँच्चिएको  रहेछ, तर चालकले खड्यौली बजारमा मर्मत गर्ने भन्दै बस गुडाएको प्रारम्भीक अनुसन्धानले देखाएको छ,’ शुभदिनसँग कुरा गर्दै प्रहरी निरीक्षक विष्टले भने, ‘चालककाे लापरवाहीले खड्यौली  नपुग्दैै बस दुर्घटनामा परेको छ।’

बसमा २५ यात्रु सवार रहेका थिए। जसमध्ये चार बालबालिका र चार महिला तथा १३ पुरुष घाइते भएका छन्। उनीहरुलाई कर्णाली रिभरसाईडको बसबाट उपचारका लागि कैलालीको अत्तरियास्थित पद्मा अस्पताल लगिएको छ।

दुर्घटनाका घाइतेले प्रहरीलाई दिएको जानकारी अनुसार बसको स्टेरिङ भाँच्चिदा फलामको काँटी राखेर मर्मत गरिएकाे थियाे। तर, काँटीले लाेड धान्न नसक्दा अन्तत: दुर्घटना भयाे। 

बस सडकभन्दा करिब डेढ सय मिटर तल खसेको छ।

प्रहरीका अनुसार बस दुर्घटना भएलगत्तै चालक सिंह फरार भएका छन्। सहचालक घाइते भएका छन्। स्थानीयले बस दुर्घटना भएको खबर गरेपछि प्रहरी करिव एक घण्टा ढिलो गरी घटनास्थल पुगेको थियो।

सम्बन्धीत समाचार

डोटीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

डोटीबाट कैलाली आउँदै गरेको ना३ख ५६४८ नम्बरको बस बड्डीकेदार गाउँपालिका वडा नम्बर-४ मा दुर्घटना भएको छ।

दुर्घटनामा ३ जनाको घटनास्थलमै  मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ। दुर्घटनाका मृतकको सनाखत भइसकेको छ।

मृत्यु हुनेमा बड्डिकेदार गाउँपालिकाका–४ का वर्षीय जगदीश चन्द, सोही गाउँपालिकाकी ३५ वर्षीया मिना पुन मगर र सोही गाउँपालिकाकी ३ वर्षीय बालिका पुष्पा जेठारा रहेका छन्।

बसमा सवार अन्य २१ जना घाइतेलार्इ उपचारका लागि अत्तरिया पठाइएको ट्राफिक प्रहरी खेमराज जोशीले बताएका छन्। घाइते २१ मध्ये १३ जना पुरुष, ४ जना महिला र ४ जना बालबालिका रहेको जोशीले बताएका हुन्।

बस झण्डै १ सय ५० मिटर तल खसेको उनले बताए। गाडीचालक र सहचालक फरार रहेका कारण दुर्घटनाको कारण अनुसन्धानकै क्रममा रहेको जोशीले जनाएका छन्।


 

More form the Internet

loading...