Suvadin, Home

सिन्धुपाल्चोकमा भेटिए कोरोनाको लक्षण भएका बिरामी, विशेष टोली पठाउन माग 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा विश्वभर फैलिएको नोभेल कोरोना भाइरसका लक्षणसँग मिल्‍न लक्षण भएका बिरामी भेटिएको जुगल गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक पत्र लेख्दै कोरोना भाइरसका लक्षणसँग मिल्‍ने रुघा, खोकी र अत्यधिक ज्वरोजस्ता लक्षणका बिरामी भेटिएको जनाएको छ । 

गाउँपकालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकद्वारा हस्ताक्षरित पत्रमार्फत गाउँपालिकाले मन्त्रालयलाई रोग पहिचानका लागि विशेष टोली खटाई सहयोग गरिदिन माग गरेको  छ। 

त्यसैगरी स्थानीय सामाजिक सञ्‍जाल फेसबुक प्रयोकर्ता होमनारायण श्रेष्ठले बिहासम्म एक दर्जनको संख्यामा बिरामी रहेकोले मंगलबार साँझसम्म बिरामीको संख्या एक सय पुगेको उल्लेख गरेका छन् । 

उनले लेखेका छन्, "कोरोना नहोस् । तर, लक्षण मिल्लाजुल्दा भएकोले थप चनाखो हुनपर्छ भन्‍न हाम्रो आग्रह हो ।" 


 

More form the Internet

loading...