Suvadin, Home

’न्यायपालिकामाथि हस्तक्षेप सहन्नँ’
महाअभियोग फिर्ता गराउन डा. केसी सत्याग्रह बस्ने

विकृति विसंगतिविरुद्ध निरन्तर संघर्षरत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक प्राध्यापक डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग फिर्ता लिन सरकारलार्इ अल्टिमेटम दिएका छन्।
डा. गाेविन्द केसी

काठमाडाैं, जेठ ३ - विकृति विसंगतिविरुद्ध निरन्तर संघर्षरत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक प्राध्यापक डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग फिर्ता  लिन सरकारलार्इ अल्टिमेटम दिएका छन्।

चिकित्सा शिक्षा क्षेत्रमा देखिएको अनियमितता र भ्रष्टाचारविरुद्ध निरन्तर सत्याग्रह गर्दैआएका डाक्टर केसीले बुधबार पत्रकार सम्मेलन अायाेजना गरी प्रधानन्यायाधीशविरुद्धकाे महाभियाेग फिर्ता लिन तथा यसअघि भएका सम्झौता कार्यान्वयनका लागि सरकारलाई जेठ १० गते सम्मको अल्टिमेटम दिएका हुन्।

सत्तारूढ कांग्रेस र माअाेवादी केन्द्रका सांसदले प्रधानन्यायाधीश कार्कीविरुद्ध संसदमा महाभियाेग दर्ता गरेपछि तीव्र बिराेध जनाएका डा. केसीले प्रधानन्यायाधीशविरुद्धकाे महाभियाेग प्रतिशोधकाे भावनाबाट ग्रसित रहेकाे बताए।

मुलुकमा सुशासनको सुनिश्चिता गर्ने दायित्व बोकेका राजनीतिक दल, नेता, व्यवस्थापिका, कार्यपालिकाका प्रतिनिधि भ्रष्टाचार र लुटतन्त्रमा लागेको भन्दै डा. केसीले अबको सत्याग्रह न्यायालयमाथि हुन लागेको राजनीतिक हस्तक्षेपविरुद्ध हुने बताए।

प्रधानन्यायाधीश कार्कीले भ्रष्टाचारका मुद्दालाई प्राथमिकता दिँदा महाभियोग लगाइएको उल्लेख गर्दै डा. केसीले तुरुन्त फिर्ता लिनुपर्ने बताए। 

डा. केसीले व्यवस्थापिका र कार्यपालिका मिलेर न्यायपालिकामाथि प्रहार गर्ने काम भएको भन्दै त्यसलाई समयमै नरोक्ने हो भने मुलुक चरम दण्डहीनता र अराजकतामा धकेलिने बताए।

कांग्रेस र माओवादी केन्द्रका सांसदले वैशाख १७ गते उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए। तर, महाभियोग गैरकानुनी रहेको भन्दै सर्वाेच्च अदालतमा रिट दायर भएपछि अदालतले महाभियोगलाई यथास्थितिमा राखेर प्रधानन्यायाधीशलाई काममा फर्काउन आदेश जारी गरेको थियो। कार्की अहिले प्रधानन्यायाधीशको कार्यभार सम्हालिरहेकी छन्।


 

More form the Internet

loading...