Suvadin, Home

‘मैले डिएसपी सा’प आएको देखिनँ, उहाँले सलाम नगरेको भन्दै थुनेरै कुट्नुभयो’

डिसी सवारी चेकजाँचका क्रममा थिए। गल्ती गरेको एउटा सवारीलाई कारबाही स्वरुप रसिद काट्न तल्लीन थिएँ। ‘काममा व्यस्त रहेकोले मैले उहाँलाई नदेखेको हो र त्यो कुरा मैले जाहेर पनि गरेँ। नदेखेकोले गल्ती भयो र एक पटकलाई माफी दिन आग्रह पनि गरेको हुँ। तर, त्यसको कुनै सुनुवाई भएन र मलाई  जिल्ला प्रहरी कार्यालयमा रातभर हत्कडी लागाएर कुटपिट गरियो,’ उनले भने। ‘मेरो एउटा हात म चलाउन सक्दिनँ। ममाथि अन्याय भएको छ। मैले न्याय पाउनुपर्छ,’ उनले भने। 
हवल्दार डिसी।

सलाम नगरेको निहुँमा डिएसपीले बर्दीधारी हवल्दार यसरी कुटे

दाङ, माघ २६ - राप्ती अञ्चल प्रहरी प्रमुख एसएसपी ज्ञानविक्रम शाह बधुबार बिहानै प्यूठान हिँडेका छन्। प्यूठानका जिल्ला प्रहरी प्रमुख डिएसपी रञ्जितसिंह राठौरले त्यहाँका ट्राफिक हवल्दार त्रिचन्द्र डिसीलाई अनाहकमा निर्घात कुटपिट गरेको खबर सार्वजनिक भएपछि एसएसपी शाह घटनाबारे सत्य तथ्य बुझ्न प्यूठान प्रस्थान हिँडेका हुन्।

‘म बुधबार बिहानै प्यूठानको लागि हिँडेको छु र त्यहाँ पुगेर घटनाबारे सत्य–तथ्य बुझ्छु अनि दोषीलाई कारबाहीको लागि सिफारिस गर्छु,’ एसएसपी शाहले भने, ‘घटनाको कारण के हो र दोषी को  रहेछ, म दुबै पक्षसँग आँफै भेटेर कुरा गर्छु।’

गल्ती गर्ने जो कोहीलाई पनि विभागीय कारबाही हुने उनले बताए। ‘म प्यूठान जागएको अर्थ रहने गरी काम गरेको बुझे हुन्छ,’ शाहले शुभदिनसँग भने।

यसरी भयो घटनाः ट्राफिक हवल्दार डिसी

ट्राफिक हवल्दार त्रिचन्द्र डिसीका अनुसार डिएसपी रञ्जितसिंह राठौरले सलाम किन नगरेको? भन्दै कुटपिट गरेको आरोप लगाएका छन्। सोमबार अपराह्नमा नियमित सवारी साधन चेकिङको समयमा आफू खटिएको र डिएसपी राठौर आएको आफूले नदेखेको उनले बताए।

‘नपत्याए मसँगै नियमित चेकिङमा रहेका अर्का ट्राफिक पुलिस नारायण चौधरीलाई सोध्नुहोस्,’ उनले भने।

तर, सोही घटनालाई लिएर ट्राफिक हवल्दार डिसीमाथि डिएसपी राठौरले ‘चेनअफ कमान्ड मानेन, ठूलो बन्यो’ भन्ने आरोप लगाएर निर्घात कुटपिट गरेको पीडित डिसीले शुभदिनलाई बताएका छन्।

उनले भनेका थिए ‘हेर्नुस् म निर्दाेष छु, मैले डिएसपीलाई देखेपछि अवज्ञा गर्न सक्छु? तर, उहाँले त्यही आरोपमा मलाई जिल्ला प्रहरी कार्यालय प्यूठानमा सोमबार बेलुका नै बोलाएर थुनुवा कोठामा हुलेर निर्घात कुटपीट गर्नुभयो।’

डिसीका अनुसार प्रहरी पोशाकमै हत्कडी लगाएर सलाम नगरेको आरोपमा उनलाई थुनुवा कोठामा थुनेर कुटिएको हो। डिएसपी राठौरले कुटपिट गर्दा निकै अश्लिल र तल्लो स्तरका शब्द प्रयोग गरी गालीगलौज गरेको पनि डिसीले बताए। आफूमाथि निर्घात कुटपिटपछि डिएसपीको निर्देशनमा हत्कडी लगाएरै अस्पताल लगेर उपचार गराइएको समेत पीडित हवल्दारले बताए।

डिसीले आफूमाथि डिएसपी राठौरले गरेको ज्याजती र कुटपिटबारे राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रमुख एसएसपी ज्ञानेन्द्रविक्रम शाहलाई मंगलबार जानकारी गराएको बताए। डिएसपी राठौरको कुटाइबाट प्रहरी हवल्दार डिसीको बाँया हात फ्याक्चर भएको छ भने शरीरका विभिन्न भागमा निलडाम देखिएको अस्पतालले पुष्टि गरेको छ।

शुभदिनलाई प्राप्त घाइते डिसीको मेडिकल रिपोर्ट 

कार्यालयमा बोलाएर सोधपुछ गरेको हुँः डिएसपी राठौर

डिएसपी राठौरले अनुशासनहीन काम गरेकाले कार्यालयमा बोलाएर ट्राफिक हवल्दार डिसीलाई समान्य सोधपुछ मात्रै गरेको दाबी गरेका छन्।

‘पहिलेदेखि नै उसको कामबारे गुनासो आइरहेको थियो। म चेकिङमा गएको समयमा उसले त्यो व्यवहार दोहोर्यायो,’ डिएसपी राठौरले शुभदिनलाई भने, ‘सोमबारका दिन पनि सिडियो साप र मलाई अपमानित व्यवहार गर्यो, देखेर पनि नदेखेजस्तो गरेर बस्यो, चेनअफ कमान्ड मानेन, त्यसैले सोधपुछ गरिएको मात्रै हो, कुटपिट गरेको हैन।’

तर, उनले कार्यालयमा पनि सोधपुछको समयमा उसले अटेरी गरेको, आफूलाई अपशब्द प्रयोग गरेको दुर्व्यवहार गरेको दाबी गरे। त्यसैले उसलाई हत्कडी लगाउनु परेको र मदिरा सेवन गरेको छ कि भनेर अस्पताल लैजान खोज्दा गाडीमा राख्ने क्रममा उसको हातमा सामान्य चोट लागेको डिएसपी राठौरले दाबी गरे।

उनले आफूले डिसीलाई कुटपिट नगरेको भन्दै आफ्नो बचाउ गरेका थिए। डिएसपी राठौरले हवल्दार डिसी अटेरी रहेको र यसअघि पनि बाँकेमा कारबाही खाएर प्यूठान पठाइएको व्यक्ति भएको बताए।

तर डिसीले भने ...

डिसी सवारी चेकजाँचका क्रममा थिए। गल्ती गरेको एउटा सवारीलाई कारबाही स्वरुप रसिद काट्न तल्लीन थिएँ। ‘काममा व्यस्त रहेकोले मैले उहाँलाई नदेखेको हो र त्यो कुरा मैले जाहेर पनि गरेँ। नदेखेकोले गल्ती भयो र एक पटकलाई माफी दिन आग्रह पनि गरेको हुँ। तर, त्यसको कुनै सुनुवाई भएन र मलाई  जिल्ला प्रहरी कार्यालयमा रातभर हत्कडी लागाएर कुटपिट गरियो,’ उनले भने। 

‘मेरो एउटा हात म चलाउन सक्दिनँ। ममाथि अन्याय भएको छ। मैले न्याय पाउनुपर्छ,’ उनले भने। तपाईंले किन अटेरी गरेको? चेन अफ कमाण्ड किन उल्लंघन गरेको? भन्ने शुभदिनको प्रश्नमा उनले भनेका थिए ‘ए हजुर तपाईं पनि कस्तो कुरा गर्नुहुन्छ, के एउटा हवल्दारले जिल्ला प्रहरी प्रमुख डिएसपीको आदेश नमान्ने भन्ने कुरा हुन्छ, अटेरी गर्न सक्छ? ममाथि लगाइएको यो झुठो आरोप हो। निष्पक्ष छानविन गरी मलाई न्याय दिलाउन सहयोग गर्नुहोला।’


 

More form the Internet

loading...