Suvadin, Home

देशका अधिकांश भागमा परेको पानी धमिलो पाइयो, यस्तो भन्छन् मौसमविद

उक्त पानीमा माटोको लेदो मिसिएको थियो। काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा परेको पानी धमिलो थियो। धेरैले ठाने, हिलोसहितको पानी बर्सियो। त्यसपछि बारीका साग, फलफूल, रुखविरुवाका पातमा पनि धुलो देखेपछि उनी अचम्मित भए। धैरैको मनमा प्रश्न उठ्यो किन भएको होला?  शनिबार बिहान अधिकांश मानिसहरू मोटरसाइकल, गाडी साथै घरका छत पखाल्न व्यस्त रहे।

काठमाडौं, २ असार – सडकमा मात्र धुलाम्मे नभएर अाकासबाट खस्ने पानी समेत माटो मिश्रित पाइएको छ। मनसुन सक्रिय भएका बेला काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा गएराति पनि पानी पर्‍यो। तर, पानी अरु दिनको जस्तो सफा थिएन।

उक्त पानीमा माटोको लेदो मिसिएको थियो। काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा परेको पानी धमिलो थियो। धेरैले ठाने, हिलोसहितको पानी बर्सियो।

त्यसपछि बारीका साग, फलफूल, रुखविरुवाका पातमा पनि धुलो देखेपछि उनी अचम्मित भए। धैरैको मनमा प्रश्न उठ्यो किन भएको होला?  शनिबार बिहान अधिकांश मानिसहरू मोटरसाइकल, गाडी साथै घरका छत पखाल्न व्यस्त रहे।

मौसमविद सुभास रिमालका भन्छन्, 'यस्तो वर्षात वायु प्रदुषणका कारण हुन्छ।'

भारतका विभिन्न भागमा केही दिनयता ठूलो हावाहुरी आएको थियो। उक्त हावाहुरीले राजस्थानको मरुभूमीको बालुवा उडायो। र, धूलोका कणहरु वायुमण्डलमा फैलिएर नेपालको आकाशसम्म आइपुग्यो। राति पानी परेपछि हावामा रहेको धूलो पनि पानीसँगै खस्यो। जसले पानीलाई धमिलो बनायो।

मौसमविद रिमालले भने, ‘यो नेपालको प्रदुषणका कारण भएको होइन, राजस्थानको मरुभूमिको धुलो नेपालको आकाशसम्म फैलिएकाले फोहोर पानी परेको हो।’

यस्तो वर्षा नेपालको पूर्वी क्षेत्रमा बढी भएको छ। अझै पनि नेपाली आकाशमा यस्तो धुलोको कण जम्मा भएर बसेकाले सामान्य वर्षा हुने क्षेत्रमा हिलो मिसिएको पानी देख्न सकिने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ।

बिहीबार सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली क्षेत्रमा पनि वर्षासँगै धुलो मिश्रित लेदो खसेको स्थानीयको भनाइ छ। सिन्धुलीको अधिकांश ठाँउहरू धुलो मिश्रित लेदो परेदेखि अाकाश पनि कुइरोले घेरेको स्थानीय बासीले बताए।


 

More form the Internet

loading...