Suvadin, Home

Cover Image

सुदूरपश्चिम प्रादेशिक महोत्सव शुक्रबारदेखि

‘सेतीको हीरा खप्तडको मोती, व्यापार–कृषि –पर्यटन र जलस्रोतबाट बनाउछौंँ समुन्नत डोटी’ भन्ने मूल नाराका साथ हुन लागेको महोत्सवका मुख्य आकर्षणमा हेलिकोप्टरबाट सुदूरपश्चिमका प्रमुख पर्यटकीय एवं धार्मिक स्थलको अवलोकन सेतीमा जलयात्रा रहेको छ। 

डोटी, १६ फागुन – चेम्बर अफ कमर्स डोटीको आयोजनामा सुदूरपश्चिम प्रादेशिक महोसव शुक्रवारदेखि हुँदैछ। दिपायल पिपल्लामा महोत्सव हुने चेम्बरका अध्यक्ष खगेन्द्रबहादुर साउदले जानकारी दिए।

‘सेतीको हीरा खप्तडको मोती, व्यापार–कृषि –पर्यटन र जलस्रोतबाट बनाउछौंँ समुन्नत डोटी’ भन्ने मूल नाराका साथ हुन लागेको महोत्सवका मुख्य आकर्षणमा हेलिकोप्टरबाट सुदूरपश्चिमका प्रमुख पर्यटकीय एवं धार्मिक स्थलको अवलोकन सेतीमा जलयात्रा रहेको छ। 

सुदूरपश्चिम प्रदेशमा रहेका धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलको प्रचारप्रसार गरी नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउनु पनि महोत्सवको उद्देश्य रहेको सो संस्थाका सचिव तेजबहादुर डुम्रेलले बताए। 


 

More form the Internet

loading...