Suvadin, Home

अमेरिकी राष्ट्रपतिमा हिन्दू महिला तुलसीले उम्मेदवारी दिने

३७ वर्षीया तुलसीले चुनावमा दावेदारी दिने भएकी हुन्।२१ वर्षको उमेरमा अमेरिकामा सबभन्दा कम उमेरमा निर्वाचित प्रतिनिधि बन्ने इतिहास रचेकी तुलसीको जन्म सन् १९८१ मा अमेरिकी समोआमा भएको थियो।

काठमाडौं,२९ पुस-अमेरिकाको अर्को वर्ष हुने राष्ट्रपतिय निर्वाचनमा एक हिन्दूवादी महिलाले चुनाव लड्ने भएकी छन्। हवाई राज्यबाट निर्वाचित प्रतिनिधि तुलसी गबार्डले डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवारीको दाबेदारी पेश गर्ने भएकी हुन्।

३७ वर्षीया तुलसीले चुनावमा दावेदारी दिने भएकी हुन्।२१ वर्षको उमेरमा अमेरिकामा सबभन्दा कम उमेरमा निर्वाचित प्रतिनिधि बन्ने इतिहास रचेकी तुलसीको जन्म सन् १९८१ मा अमेरिकी समोआमा भएको थियो।

राज्यका सिनेटर माइक गबार्डकी छोरी तुलसीले आफ्नो पहिलो कार्यकालमा स्वच्छ ऊर्जाको प्रवर्धन गर्दै स्वच्छ तथा सौर्य ऊर्जाका निम्ति आवश्यक उत्पादनलाई कर छुट दिने कानून बनाउने विषयलाई समर्थन गरेकी थिइन्।

सन् २०१५ मा अमेरिकी सेनाको मेजर पदमा पुगेकी उनको वर्तमान समयमा पनि सेनासँग सम्बन्ध रहेको छ।तुलसीले अमेरिकी राष्ट्रपति पदमा आफ्नो दाबेदारी पेश गरे लगत्तै भारतमा उनी ट्विटरमा चर्चित बनेकी छिन्। भारतसँग उनको कुनै प्रत्यक्ष नाता छैन।

तुलसीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका खास समर्थकका रूपमा हेरिन्छ। सन् २०१४ मा प्रधानमन्त्रीमा चुनिनु अघिदेखि नै उनले मोदीको समर्थन गर्थिन्।हिन्दू धर्म मान्ने तुलसीले आफ्नो भारत यात्राका क्रममा प्रधानमन्त्री मोदीसँग भेटघाट गरेकी थिइन्।एजेन्सी 


 

More form the Internet

loading...