Suvadin, Home

बझाङमा भूकम्प गएपछि स्थानीय त्रसित

गोरखालाई केन्द्र बिन्दु बनाएर भूकम्प गएको मंगलबार दुई वर्ष पुग्यो। त्यो कालो दिन बिर्संर्दै गर्दा बझाङमा भने सोमबार राति भूकम्पको धक्का महसुस भएपछि स्थानीयमा त्रास फैलिएको छ। छिमेकी जिल्ला बाजुरालगायत वरिपरिका क्षेत्रमा पनि धक्का महसुस गरिएको हो। 

बझाङ, वैशाख १२ - गोरखालाई केन्द्र बिन्दु बनाएर भूकम्प गएको मंगलबार दुई वर्ष पुग्यो। त्यो कालो दिन बिर्संर्दै गर्दा बझाङमा भने सोमबार राति भूकम्पको धक्का महसुस भएपछि स्थानीयमा त्रास फैलिएको छ। छिमेकी जिल्ला बाजुरालगायत वरिपरिका क्षेत्रमा पनि धक्का महसुस गरिएको हो। 

बझाङलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव १ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। बझाङ, बाजुरा र दार्चुला लगायतका पश्चिमी जिल्ला भूकम्पको अति जोखिममा मानिन्छन्। रातिको समयमा भूकम्प गएपछि स्थानीयमा ठूलो त्रास फैलिएको थियो। डरका कारण उनीहरु घरबाट बाहिर निस्केका थिए।


 

More form the Internet

loading...