Suvadin, Home

इन्डोनेसियामा शक्तिशाली भूकम्प

मङ्गलबार बिहानको गएकाे भूकम्पपछि ठूला भवन र कार्यालयहरुबाट नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ। भूकम्पपछि प्रायः सुनामीको खतरा रहने गरेको यस देशमा हालसम्म सुनामीको चेतावनी अहिले सम्म दिइएको छैन। 
फाइल तस्वीर।

जकार्ता, ९ माघ – इन्डोनेसियाको राजधानी जकार्तामा मङ्गलबार ६ दशमलव ४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको समाचार प्राप्त भएकाे छ। 

मङ्गलबार बिहानको गएकाे भूकम्पपछि ठूला भवन र कार्यालयहरुबाट नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ। भूकम्पपछि प्रायः सुनामीको खतरा रहने गरेको यस देशमा हालसम्म सुनामीको चेतावनी अहिले सम्म दिइएको छैन। 

यहाँका नागरिक अहिले घरबाहिर र सडकमा बसिरहेका छन्। जकार्ताका सरकारी कार्यालय भवनहरु पनि मङ्गलबार खाली रहेका बताइएको छ। 

यस समाचारको विस्तृत विवरण प्राप्त भएको छैन। भूकम्पबाट मानवीय तथा भौतिक सम्पत्ति क्षतिको अहिले सम्म कुनै समाचार प्राप्त नभएको जनाइएको छ। 

यस भूकम्पको केन्द्रविन्दु जाभा द्वीपको बानटेन प्रान्तबाट ८१ किलोमिटर दक्षिण पश्चिममा १० किलामिटर गहिराईमा रहेको इन्डोनेसियाली भू–गर्भ विभागले जानकारी दिएको छ। 

इन्डोनेसिया विश्वको अन्य भूगोलको तुलनामा भूकम्पको प्रकोपले बारम्बार सताउने देशमध्ये एक हाे। 

बिहानको गएकाे भूकम्पपछि ठूलो सङ्ख्यामा सेना र प्रहरी परिचालन गरिएको छ। उद्धारका लागि खटिएका सुरक्षाकर्मीले ठूलो क्षतिको अनुमान गरेका पनि प्राप्त समाचारहरुमा जनाइएको छ।


 

More form the Internet

loading...