Suvadin, Home

फिजी र इन्डोनेसियामा ८.२ म्याग्नीच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

अमेरिकी भूगर्भ मापन केन्द्रले जमिनको सतहबाट भूकम्पको केन्द्र ५६३ किलोमिटर तल रहेकाले सुनामीको खतरा नभएको बताएको छ।

सिड्नी, ३ भदौ –  फिजीमा आइतबार ८.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प आएको छ।

अमेरिकी भूगर्भ मापन केन्द्रले जमिनको सतहबाट भूकम्पको केन्द्र ५६३ किलोमिटर तल रहेकाले सुनामीको खतरा नभएको बताएको छ।

फिजीका अधिकारीहरुले अहिलेसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको जानकारी दिएका छन्। स्थानीय समय अनुसार राति १२.१९ बजे राजधानी सुभादेखि ३६१ किलोमिटर टाढा पर्ने ठाँउमा भूकम्प गएको हो।

भूकम्पपछिका परकम्पहरु पनि आइरहेका अधिकारीहरुले जनाएका छन्। भूकम्पले सबैभन्दा बढी असर भिटी लाउ पहाडी क्षेत्रमा परेको छ।

त्यसैगरी इन्डोनेसियाको लोम्बोक वरपर पुनः भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्भेका अनुसार बिहान ४ बजेतिर ६.३ रिक्टर स्केलको भूकम्प गएको हो।

गत साताका भूकम्पबाट ठूलो क्षति व्यहोरेको लोम्बोक क्षेत्रमा पुनः आएको भूकम्पका कारण मानिसहरु त्रसित भएका थिए। 


 

More form the Internet

loading...