Suvadin, Home

उत्तर कोरियामा ६.३ रेक्टर स्केलको भुकम्प, परमाणु परिक्षणले भुकम्प गएको अनुमान

उत्तर कोरियामा ठूलो भुकम्पको धक्का महसुस गरिएकाे छ। उत्तर कोरियाले छैठाैं परमाणु परिक्षण गरेको हुन सक्ने बताइएको छ।
पुनग्ये री भुकम्प स्थल।

काठमाडौ, भदौ १८ - उत्तर कोरियामा ठूलो भुकम्पको धक्का महसुस गरिएकाे छ। उत्तर कोरियाले छैठाैं परमाणु परिक्षण गरेको हुन सक्ने बताइएको छ।

अमेरीकी भुगर्भ विभागका अनुसार ६ दशमलव ३ रेक्टर स्केलको भुकम्प गएको हो। यो भुकम्प प्रभावकारी थियो। आइतबार बिहान भुकम्प गएको ठाउँमा यस अघि नै उत्तर कोरियाले परमाणु परिक्षण गरेको थियो। 

भुकम्प जानुभन्दा केही घण्टा  अघि उत्तर कोरियाका नेता किमजोङ उनले एक परमाणु बम सँगको फोटो सार्वजनिक भएको थियो। 
यो बमलाई मिसाइलमा लगाउन सकिने उत्तर कोरियाको सरकारी मिडीयाले दावी गरेका छन्। 

उत्तर कोरियाको यो दावीलाई स्वतन्त्र रुपमा पुष्टी हुन  सकेको छैन। 

उत्तर कोरियाको कदम  लगत्तै दक्षिण कोरियाली सरकारले तुरुन्तै सुरक्षापरिषदको बैठक बोलाएको छ। उत्तर कोरियाले प्रमाणु परिक्षण गरेको हुन सक्ने दक्षिण कोरियाली सेना प्रमुखले जानकारी दिएका छन्। 

दक्षिण कोरियाका अधिकारीका अनुसार यो भुकम्प उत्तर कोरियाको परमाणु परिक्षण स्थल पुनग्ये रीको नजिक किलजू काउंटीमा गएको बताइएको छ।
सोही भुकम्पमा केन्द्रीत भएर चीनीया संस्थाले भुकम्प सम्भावित धक्का हुनसक्छ। चीनका अनुसार एक अर्को धक्का पनि बताइएको छ, जसको तीव्रता ४ दशमलव ६ थियो।

संयुक्त राष्ट्रसंघको प्रतिबन्ध र अमेरिकाको धम्किबीच उत्तर कोरियाले पटक–पटक परमाणु हतियारको परिक्षण र प्रक्षेपण गर्दै आएको छ।एजेन्सी


 

More form the Internet

loading...