Suvadin, Home

पर्यटन प्रवर्द्धनकाे प्रयास
'केचनादेखि कञ्चनजंघासम्म' अभियान नै शुरु गर्नुपर्छः धर्मशिला

वि.सं. २०६४ सालमा संविधान सभाको प्रत्यक्ष निर्वाचित नेतृ चापागाई वर्तमान प्रतिनिधि सभाकी सांसद पनि हुन्। सभासद हुँदा र स्वास्थ्य राज्यमन्त्री हुँदा चापागार्इले पर्यटकीया सम्भावनाका विषयमा बहस चलाएकी थिइन्। त्यसलाई निरन्तरता दिँदै नेतृ चापागाईले झापामा क्रियाशील पर्यटन व्यवसायी, होटल व्यवसायी तथा सरोकारवाला निकायका अगुवासँग पुनः छलफल गरेकी हुन्।
धर्मशिला चापागार्इ।

काठमाडाैं, फागुन १५ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा र सबैभन्दा होचो भू–भाग केचनाकवलसँगै पूर्वका कयाैं पर्यटकीयस्थल अार्थिकाेपार्जकका दृष्टिले अन्त्यन्तै सम्भावना बोकेका छन्।

त्यसैले पूर्वमा पर्यटन प्रर्वद्धन गर्नका लागि फेरि बहस शुरू भएको छ। नेकपा माओवादी केन्द्रकी प्रभावशाली नेतृ धर्मशिला चापागाईको अगुवाईमा बहस प्रारम्भ भएको हो। 

वि.सं. २०६४ सालमा संविधान सभाको प्रत्यक्ष निर्वाचित नेतृ चापागाई वर्तमान प्रतिनिधि सभाकी सांसद पनि हुन्। सभासद हुँदा र स्वास्थ्य राज्यमन्त्री हुँदा चापागार्इले पर्यटकीया सम्भावनाका विषयमा बहस चलाएकी थिइन्।

त्यसलाई निरन्तरता दिँदै नेतृ चापागाईले झापामा क्रियाशील पर्यटन व्यवसायी, होटल व्यवसायी तथा सरोकारवाला निकायका अगुवासँग पुनः छलफल गरेकी हुन्। 'केचनादेखि कञ्चनजंघासम्म' अभियानै शुरु गर्नुपर्ने उनले बताएकी छिन्।

'झापामा केचनाकवल, किच्चकबध, अर्जुनधारा, दोमुखा जस्ता पर्यटकीयस्थल छन् तिनलाई सदुपयोग गर्नुपर्छ,' उनले भनिन्, ‘इलाम, पाँचथर र ताप्लेजुङमा रहेका कञ्चनजंघा, कुम्भकर्ण, पाथीभरा, श्रीअन्तु लगायतका पर्यटकीयस्थललाई प्रवर्द्धन गर्नैपर्छ।’ यसका लागि आफूले बहस प्रारम्भ गरेको उनले जानकारी दिएकी छिन्।।

बृद्धाआश्रममा पुगिन् चापागाई

जेष्ठ नागरिकलार्इ सहज रूपमा जीवनयापन गर्नका लागि राज्यका तर्फबाट दिलाउनुपर्ने सेवा सुबिधाका विषयमा अावश्यक पहल गर्ने प्रतिवद्धता पनि उनले जनाएकी छिन्।

यसैबीच, काठमाडाैंबाट गृहजिल्ला झापा पुगेकी माओवादी नेतृ धर्मशिला चापागाईले बिर्तामोडस्थित बृद्धाश्रममा पुगेर त्यहाँ रहेका जेष्ठ नागरिकसँग अन्तरक्रिया गरेकी छिन्।

उनले जेष्ठ नागरिकको सम्मानमा सरकारले ध्यान दिन आवश्यक रहेको दिने अपेक्षा व्यक्त गरेकी छिन्। जेष्ठ नागरिकलार्इ सहज रूपमा जीवनयापन गर्नका लागि राज्यका तर्फबाट दिलाउनुपर्ने सेवा सुबिधाका विषयमा अावश्यक पहल गर्ने प्रतिवद्धता पनि उनले जनाएकी छिन्।


 

More form the Internet

loading...