Suvadin, Home

 ट्रक ठोक्किँदा अरुणखोलाको पुल भाँसियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोलामा रहेको पुलमा ट्रक ठोक्किँदा पुल दुई मिटर भासिएको छ । पुलमा क्षति पुगेपछि बिहानैदेखि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

ना ६ ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किँदा पुलबाट ठूला सवारी साधान आवत–जावत गर्न नसक्ने अवस्था भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो ।

बिहानैदेखि सडक अवरुद्ध भएपछि अहिले अरुणखोलामा गाडी रोकिएर लाम लागेको छ । 

साना सवारी भने एकतर्फी रुपमा सञ्चालन भैरहेको छ । प्रहरी निरीक्षक अधिकारीका अनुसार तत्काल पुल मर्मत हुन सक्ने सम्भावना कम भएकाले वैकल्पिक बाटोको प्रयोग गर्न भनिएको छ । 
 


 

More form the Internet

loading...