Suvadin, Home

अरुण खोलाको पुल मर्मतपछि पूर्व-पश्चिम राजमार्ग सुचारु

नवलपरासी । ट्रकको ठक्करबाट भाचिएको पूर्व–पश्चिम राजमार्ग अन्तरगत अरुणखोलाको पुल मर्मत गरेर यातायात सञ्चालनमा ल्याइएको छ ।

शनिबार आएको बाढीले पुल देखि दक्षिणतर्फ बनाएको डाइभर्सन फेरि बगाए पछि सतह पुलबाट यातायात सञ्चालनमा ल्याइएको हो।

डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेघराज मरासीनिले भाचिएको पुल मर्मत भइसकेका कारण त्यहाबाट हिडाउन मिल्ने भएकाले गाडि छाडिएको जानकारी दिए। ‘पुलको स्ल्याब केही फुटेको छ त्यसले रोकिन पर्दैन,’ उनले भने।

गाडि चलाएरै पनि फुटेको भाग (सतह मर्मत) गर्न सकिने भएकाले फेरि पानी रोकिएपछि डाइभर्सन सडक प्रयोग गर्न नपर्ने उनले बताए।

करिब २ साता अघि अरुणखोला पुल किनारको फलामे बारमा ट्रक ठोक्किएका कारण पुल भाचिएपछि महेन्द्रराजमार्गको यातायात ठप्प भएको थियो। पुलबाट हिड्न नमिल्ने भएपछि खोलामा हयूमपाइप राखेर बनाएको डाइभर्सन सडक यस अघि ४ पटक बाढीले बगाउँदा महेन्द्रराजमार्ग हुँदै पूर्व–पश्चिम हिड्ने हजारौ यात्रुले सास्ती ब्यहोरेका थिए।

नवलपरासी अन्तरगत महेन्द्रराजमार्गमा रहेका ४ वटा पुल यस अघि पनि पटक–पटक भाचिएका थिए।३ वर्ष अघि गैडाकोटमा रहेको जयश्री खोलाको पुल भाचिदा नयाँ पुल बनाउन ३ वर्ष लागेको थियो।
 


 

More form the Internet

loading...