Suvadin, Home
Bridge Water

शुभदिनका सम्पादकमा अशोक अधिकारी

दक्षिण एशियाली मामिलामा दख्खल राख्ने पत्रकार अधिकारी राजनीति, समाज, सुरक्षा, स्वास्थ्य, परराष्ट्र लगायतका क्षेत्रमा कलम चलाउँछन्। एक दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय अधिकारी यसअघि एपी वान एचडी टेलिभिजनमा प्रोड्युसरको जिम्मेवारीमा थिए।
शुभदिनका सम्पादक अशाेक अधिकारी।

काठमाडौं, मंसिर १५ – शुभदिन मिडिया एण्ड रिसर्च सेन्टरद्वारा सञ्चालित नेपालको आफ्नै सामाजिक सञ्जाल शुभदिनको सम्पादकमा पत्रकार अशोक अधिकारी नियुक्त भएका छन्। शुभदिन मिडियाको सञ्चालक समिति बैठकले अधिकारीलाई शुक्रबारबाट सम्पादकको जिम्मेवारी दिएको हो।

एक समारोहका बीच सम्पादक अधिकारीले शुक्रबारबाटै पदभार ग्रहण गरेका छन्। एक दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय अधिकारी यसअघि एपी वान एचडी टेलिभिजनमा प्रोड्युसरको जिम्मेवारीमा थिए।

नेपाल वान टेलिभिजन तथा झापाबाट प्रकाशित जन–संसद् दैनिक र लोकतन्त्र पोस्टमा समाचार सम्पादक भूमिका रहेका अधिकारी रेडियो सीमानाका समाचार प्रमुख रहिसकेका छन्। 

दक्षिण एशियाली मामिलामा दख्खल राख्ने पत्रकार अधिकारी राजनीति, समाज, सुरक्षा, स्वास्थ्य, परराष्ट्र लगायतका क्षेत्रमा कलम चलाउँछन्।

शुभदिन मिडियाका फाउण्डर प्रेसिडेण्ट एवम् सिइओ सनत न्यौपानेले स्वागत गर्दै अधिकारीको नेतृत्वमा शुभदिनले नेपाली सञ्चार जगतमा ल्याउनु पर्ने इनोभेसनको जिम्मेवारी अझै प्रभावकारी रुपमा निभाउने विश्वास व्यक्त गरेका छन्।

हरेक दिन बिहान सात बजेको शुभ समाचारसहित एक वर्षमा १० हजारभन्दा बढी समाचार तथा नेपाल इन्स्पायरर, ४० मुनिका ४० नेता, लूटतन्त्रविरुद्धका १० एन्टिबायोटिक्स् जस्ता कार्यक्रमहरुमार्फत नागरिक आवाज तथा सामाजिक चेतनाको क्षेत्रमा सीमित श्रोतसाधनमार्फत शुभदिनले उल्लेख्य योगदान दिन सफल भएको छ।

‘हरेक दिन बिहान सात बजेको शुभ समाचारसहित एक वर्षमा १० हजारभन्दा बढी समाचार तथा नेपाल इन्स्पायरर, ४० मुनिका ४० नेता, लूटतन्त्रविरुद्धका १० एन्टिबायोटिक्स् जस्ता कार्यक्रमहरुमार्फत नागरिक आवाज तथा सामाजिक चेतनाको क्षेत्रमा सीमित श्रोतसाधनमार्फत शुभदिनले उल्लेख्य योगदान दिन सफल भएको छ,’ उनले भने।

यो अभियानलाई अधिकारीले अझै उचाई तथा गति दिने न्यौपाने बताए। ‘शुभदिन टिमले आफूले आफैँलाई चुनौती दिँदै सुशासन तथा अभिव्यक्तिको स्वतन्त्रताको क्षेत्रमा नयाँ कोशेढुंगा स्थापित गर्नुछ,’ न्यौपानेले भने।

त्यसैगरी, नवनियुक्त सम्पादक अधिकारीले शुभदिन मिडियालाई तीन करोड नेपालीको आवाज बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। उनले शुभदिनमा हरेक नागरिकले आफ्नो समाचार आफैँ लेख्न पाउने भएकाले यसलाई नागरिकको मिडिया भन्न सकिने बताएका छन्।

जनउत्तरदायी पत्रकारिताप्रति आफू सधैं कटिबद्ध रहेको उल्लेख गर्दै सम्पादक अधिकारीले नागरिकको सूचनाको हकको सम्मान गर्दै समाजका राम्रा पक्षको उजागर र विकृतिविरुद्ध निरन्तर खबरदारी गर्ने अठोट व्यक्त गरेका छन्।