Suvadin, Home

अस्थायी शिक्षकको माग पूरा गराउन शैक्षिक हडताल

विभेदकारी परीक्षा लिई वर्षौंदेखि काम गर्दै आइरहेका अस्थायी शिक्षकलाई हटाउने प्रपञ्च रचेको भन्दै आन्दोलनस्वरुप शैक्षिक हडतालमा उत्रिएको सचिव यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

राजविराज, ११ पुस – अस्थायी शिक्षकको मागमा नेपाल शिक्षक संघ सप्तरीले ऐक्यबद्धता जनाउँदै आज र भोलि दुई दिने शैक्षिक संस्था हडतालको घोषणा गरेको छ। संघका सचिव विश्वनाथ भदेसवार यादवद्वारा जारी विज्ञप्तिमा आज र भोलि शैक्षिक बन्दको घोषणा गरिएको जनाइएको छ। 

विभेदकारी परीक्षा लिई वर्षौंदेखि काम गर्दै आइरहेका अस्थायी शिक्षकलाई हटाउने प्रपञ्च रचेको भन्दै आन्दोलनस्वरुप शैक्षिक हडतालमा उत्रिएको सचिव यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अस्थायी शिक्षकलाई उमेरको हदसम्म काम गर्ने अवसरको सुनिश्चितताका लागि आन्दोलन गरिएको सचिव यादवले बताए।  जिल्लामा रहेको ४१२ सामुदायिक विद्यालय आज र भोलि बन्द गर्ने निर्णय गरिएको नेपाल शिक्षक सङ्घ सप्तरीका अध्यक्ष दिनेश यादवले बताए।

यसैबीच सामुदायिक विद्यालय आज बन्द हुँदा पढाइ प्रभावित भएको विद्यार्थीले गुनासो गरेका छन्। रासस


 

More form the Internet

loading...