Suvadin, Home

Cover Image

ईडीभी नतिजा मे ५ मा नआउने

काठमाडौं ।  सन् २०२१ का लागि गत अक्टोबरमा भरिएको ईडीभी लोटरीको नतिजा स्थगित गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

सन् २०२१ का लागि गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म इडीभीको आवेदन खुलेको थियो । कोरोना भाइरसको महामारीले विश्व आक्रान्त भइरहँदा संक्रमण न्यूनिकरणका लागि लड्नुपरेकाले तत्काललाई इडीभीको नतिजा स्थगित गरिएको जनाइएको छ ।

यसअघि मे ५ मा इडीभी लोटरीको नतिजा सार्वजनिक हुने तय भएकोमा उक्त मितिमा लोटरीको नतिजा नआउने भएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार इडीभी लोटरीको नतिजा अब जुन ६ मा मात्र सार्वजनिक गरिने छ ।

इडीभी लोटरीको नतिजा आउनमा ढिलो भएपनि इडीभी परेकाहरुको अन्तरवार्ता भने अक्टोबर १ देखि नै सुरु हुने बताइएको छ ।


 

More form the Internet

loading...